एउटा पनि झ्याल नभएको विमान इमेल र फेसबुक पनि चलाउन पाइने (फोटो फिचर)

यदि तपाइँ विमानमा यात्रा गरिरहनु हुन्छ भने पक्कै पनि झ्यालबाट बाहिरको दृष्य हेर्न निक्कै मन पर्छ होला । तर भविष्यमा यस्ता विमान बन्दै छन् जसमा झ्याल हुने छैनन् ।
windowless plane
यद्यपी झ्याल नभएको विमान चढेपनि तपाइँले बाहिरको दृष्यावलोकन गर्नबाट बन्चित हुनु पर्ने छैन । किन भने अव बन्ने विमानमा झ्याल नभएपनि पुरै पारदर्शी सिसाको बनौट हुने छ ।

यो डिजाइनको विमान बजारमा आउँदा विमान संसार नियाल्नका लागि सबैभन्दा उत्कृष्ठ साधन बन्ने छ ।
windowless plane 1
बेलायतको एक कम्पनीले विमान निर्माणको क्षेत्रमा क्रान्ति ल्याउन लागेको हो । कम्पनीले विमानको डिजाइन झ्याल नै नराख्ने गरी गरेको छ ।
तर विमान चढ्ने यात्रुले बाहिरी दृष्य हेर्नबाट बन्चित हुनु पर्ने छैन । बरु पहिले भन्दा पनि राम्रोगरी दुनियाँ नियाल्न सक्नेछन् ।
windowless plane 1  
कम्पनीले विमानको बाहिरी भागमा अल्‍ट्रा थिन र हाई-फ्लेक्सिबल स्क्रिन राख्ने छ । यात्रुहरुले यो स्क्रिनबाट बाहिरी दुनियाँ नियाल्न सक्नेछन् ।
त्यतिमात्र कहाँ होर टच स्क्रिनमा इन्टरनेट समेत चलाउन सकिने छ भने इमेल चेक गर्ने मात्र होइन सामाजिक सञ्जाल समेत चलाउन सकिनेछ ।
windowless plane 1
झ्याल नराखेपनि विमानभित्रका यात्री र आसपासको दृष्य हेर्न विमानको बाहिर क्यामेरा जडित हुने र त्यसले भित्रको स्क्रिनमा बास्तविक समयमै सबै गतिविधी देखाउने कम्पनीले जनाएको छ । 

यो विमानको डिजाइन सेन्टर फर प्रोसेस इनोभेशन (सीपीआई) का बैज्ञानिकहरुले गरेका हुन् । यद्यपी यो डिजाइन कार्यवन्यन हुन बाँकी नै छ ।
windowless plane 1
आगामी १० वर्ष भित्र यस्तो विण्डोलेस कमर्शियल एयरक्राफ्ट विमान आइसक्ने कम्पनीले दावी गरेको छ ।
यो विमानमा यात्रुहरुले वाहिरी दृष्य हेर्ने कि फिल्म वा अन्य मनोरञ्जनका लागि प्रयोग गर्ने भन्ने तय आफै गर्न पाउने छन् ।
- See more at: http://nepaliheadlines.com/2014-10-28-12-57-54.html#sthash.KQ1IUMJR.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.