प्रेम पत्र



प्रेम पत्र
आज म मेरा प्रिय पाठक, सुभचिन्तकहरुलाई छुटै खालको अनुभूति दिन चाहन्छु | बिशेष गरि युवायुबतिहरुलाई, हुन त प्रेम भन्ने कुरा सबैमा बास गर्ने असिमित धरातलबाट उत्पन्न हुने कुरो हो | तर प्रेम र प्रेम पत्रले मेरा प्रिय युवाबर्ग साथीहरुलाई बढी लक्षित गर्छ | कहिले रबिन्द्र मिश्रलाई खुला पत्र त कहिले प्रचण्डलाई खुला पत्र लेखेर अनि कहेले अनेकौ काल्पनिकतामा आफुलाई चुर्लुम्म डुबाएर रचेका अनेक रचनाबाट मनोरंजन दिने अनि सचेत गराउने प्रयत्न गरे र केहि हदसम्म सफलता पनि प्राप्त भयो |
तर आज मलाई ति सबै बिषय भन्दा बिल्कुल छुट्टै स्वाद दिन मन लाग्यो अनि आफ्नो मनको उकुसमुकुसहरुलाई बाढ्ने प्रयत्नगर्दैछु | मेरो मनमा श्रीजना भएका अनेकौ आधिबेरीहरुलाई सबैका सामू बाँढेर साम्मे पार्ने मन भयो | कल्पनाका मसिले लेखिएर मेरो सुसुप्त मस्तिस्कसम्म प्रभाब पारेका अनेकौ अनुभूति, उकुसमुकुस पार्ने कुराहरु बाढ्न मन लाग्यो | मेरो मनलाई पेन्डुलम जसरी यता र उता हल्लाउने, काउकुती लगाईदिने कसैको प्रभाव, कसैसंगको संगत अझ भनौ फेसबुकमा भएका अनेक अन्तरकृयाकहरु लगाएत उनिसंगका हरेक अनुभब साट्न मन लाग्यो | त्येसैले यो प्रेमपत्र हजुरहरु मार्फत उनलाई दिन चाहन्छु |
प्रिय मेरा असिमित स्नेह अनि अगाध प्रेमका हरेक अनुभूति केवल तिम्रा लागि हुन् | म तिम्रा अगाडी पर्दा तिमीमा कति छिटो आफुले आफुलाई बिर्साउछु | म आफ्नो सम्पूर्ण धरातल बिर्सेर आफुलाई तिमीमा बिलिन गराउछु | अझ भनौ म तिमी एउतै व्यक्ति हौँ जस्तो लाग्छ, छुट्टिदा मेरा धड्कनले सास फेर्न बिर्सेर मेरो फोक्सो पनि फुर्सदिलो भएको, मेरो सरिरमा रक्तसञ्चार नै बन्द भएर मेरो मुटुमा रगत पुग्न नसकेको, मेरा हरेक किर्याकलप नियन्त्रण गर्ने मस्तिस्क नै चल्न छोडेर खाली तिमीमा बिलिन गाराउन मन गर्छ, तिमि बिनाका हरेक पल देख्नु नपरोस भनेर मेरो नजर नै बन्द गरिदिन्छ, मेरा कानलाई सुन्न नसक्ने बनाईदिन्छ | पेटलाई भोक बिहिन बनाईदिन्छ | आँखालाई निद्राको कुनै मतलब हुदैन | अझ भनौ सारा संसार नै तिमि भएको भनि अरु सबै बिर्साईदिन्छ |
मेरा हरेक यात्रामा तिमि गुन्जाएमान हुन्छौ | खै थाहा छैन मरो मन किन यस्तै यस्तै अनेकौ कुराहरु झांगिन्छअनि आफुले आफुलाई नियन्त्रण गर्न सक्दिन | एकमनले धेरै समय सोंचे, यो मात्र आकर्सण हो तिमीप्रतिको, तिम्रो भरिएको शारीरिक बनावोटको, तिम्रा आँखाको हेराईको, तिम्रो हिडाईको, तिम्रो बोलीको यस्तै अनेकौ कुराहरु केके हो केके को भन्छु अनि आफुलाई बुझाउन खोज्छु | अंह मेरो सुसुप्त मस्तिस्कले तिमीलाई मेरा हरेक अंग सरह एउटा नयाँ अंग भएको भन्छ अनि छोडिदिए अपाङ्ग हुने अनुभूति गराउछ  | मेरो मन यो सबै छुट्टाउन नसकेर पुरै गन्जागोल भैदिन्छ , अनन्त प्रश्नहरुको चांङ थुप्रिन्छ , अनि अनिणयको बन्दि हुन्छु, सधै छटपटी मात्रै छुट्छ | तर यतिलामो समयका हरेक अनुभूतिले म तिमीलाई प्रेम गरेको हो भन्ने निष्कर्समा पुग्छु |
खै प्रेममा स्वार्थ हुदैन भन्छन धेरैले तर मैले सबैभन्दा ठुलो स्वार्थ प्रेममै देख्छु | तिम्रा हरेक कुरा मन पर्नु, तिमीसंग आकर्सित हुनु, तिमीलाई आफ्नो बनाउन खोज्नु नै सबै भन्दा ठुलो स्वार्थ भएको महसुस हुन्छ मलाई | फुलको बासन अनि अकर्सणबाट भमरा फुलमै आफुलाई मुग्ध पारेजसरी आफुलाई तिमीमा बिलिन गराउन मन हुने कुराले म सबै भन्दा स्वार्थी भएको देख्छु | तर जे भए पनि मेरो भित्री हृदयले तिमीलाई चोखो माया गर्छु भनेर भानिरहन्छ |
खै यो प्रेम भन्ने कुरै कस्तो बुझ्न गारो | न त गणित तथा बिज्ञानका ठुला ठुला समस्या जस्तो प्रमाणित  नै गर्न सकिन्छ | सायद प्रेम ति ठुलाठुला गणित बिज्ञानका समास्या भन्दा पनि अझ ठुलो अनि प्रमाणित  गर्न अनन्त शक्तिलाग्ने समस्या हो कि ? खै कसैले हात खोपेर प्रेमिकाको नाममा लेखेर देखाईदिए त्यो प्रेमको प्रमाण हो भन्छन त कसैले नाडी छामेर, नाडी काटेर रगत बगाएर देखाउनु पर्ने कुराले प्रेमका हरेक प्रसङ्ग पत्ता लाग्ने भन्छन त कसैले अनेकौ भौतिक रुपहरुलाई प्रेमको प्रमाणका रुपमा लिन्छन तर मेरो मन काल्पनि होइन ब्यबहारिक प्रेम गर भनेर निर्देशन दिन्छ | मेरा मस्तिस्क यी सबै गर्नलाई आत्मबल नै प्रदान गर्नै सक्दैन र म निष्कर्समा पुग्छु अनि मेरो प्रेममा भौतिक भन्दा आत्माको प्रामाण भएको महसुस गर्छु अझै फेरी अन्योलमा पर्छु कि त्यो महसुस म तिमीलाई कसरी गराउ भनेर ?
अझ धेरैले, तिमीलाई धेरै माया गर्छु, संगै जिउने संगै मर्ने कसम खान्छु, तिम्रो लागि आकासको तारा झारिदिन्छु, तिम्रैलागी ज्यान दिन्छु भन्छन तर यी सबै गर्नलाई ममा सामर्थ्ये नै छैन | म, संगै बाच्ने सम्भावना देख्छु तर अंह संगै मर्ने त म कल्पना पनि गर्नै सक्दिन | मान्छे मर्ने कुनै टुंगो हुदैन भन्छन | म हाम्रो प्रेममा कसैले बाधा अड्चन गरिहाले पनि नदीमा हामफालेर संगै मरौ भन्नै सक्दिन किनकि यस्तो अमुल्य जिन्दगि त्यसै खेर फाल्ने मन पनि छैन | अब तिम्रा लागि मर्ने त म कल्पना पनि गर्न सक्दिन म त तिम्रालागी बाँचेर मेरा हरेक सूखदुखका क्षेण तिमिसंग बाढ्न चाहन्छु | आफ्ना सबै खुसि तिमीलाई सुम्पिन अनि तिम्रा दुखःहरु बराबार बाढेर तिम्रो मन पनि हलुंगो पार्ने सपना देख्छु |
म यथार्थको धरातलबाट माथि उठेर तिमीलाई सब्दजालमा फसाएर प्रेम गर्नै सक्दिन | म यथार्थवादी मान्छु हो, सबै यथार्थ कुरा मात्र गर्न सक्छु | मसंग दिनदिनै अनेक डान्स बार, रेस्टुरेन्ट लाने अनेक मनोरञ्जन दिने स्थलमा लाने सामर्थे छैन | म तिमीलाई पजेरोमा चडाएर देशका अनेक सहरका कुना कुना घुम्न पुर्याउने सामर्थे राख्न पनि सक्दिन, न त मसंग मोटरबाईकमा पछाडी टासेर तिम्रो घर आगाडी आएर कलेज पुर्याउने क्षेमता नै छ अनि मसंग महँगामहंगा मोबाईल सेट गिफ्ट दिने क्षेमता पनि छैन किनकि ति सबै २-४ दिन गर्न सक्ने क्षेमता ममा होला तर त्यो दिर्गकालिन हुने छैन म तिमीलाई जुनिजुनिलाई प्रेमको अंगालोमा बाध्न चाहन्छु | कत्तिले भन्छन नि तिम्रा लागि म पृथ्बीनारायण शाहाले किर्तिपुर विजय गर्न गरेको युद्ध भन्दा ठुलो युद्ध गर्छु त्यो पनि गर्न सक्दिन म | न त सक्छु भगवान श्रीकृष्णले रुक्मिणीलाई हरण गरेर ल्याएजसरी हरण नै गर्न | मसंग दिने तिमिलाई केबेल निश्चल प्रेम छ, मेरो मन छ, मुटु छ, मेरा सम्झना छन् र ममा भएको सबै थोक छ |
भनिन्छ नि प्रेम भनेको एकतर्फी होइन दुईतर्फी हुनुपर्छ एकतर्फी प्रेम भनेको पगालपन मात्र हो र मलाई त्यो पागल पन मनै पर्दैन | मलाई तिम्रो लगाईखुवाई, पेशा, बोल्ने सैली, ब्यबहार तिम्रो सर्लक्कको जिउ र तिम्रो सबै मन पर्छ | तर थाहा छैन तिमीलाई म कस्तो लाग्छु, मेरो पढाई, लगाई खुवाई, मेरो बोलि, पेसा आदिआदि | मेरो कुनै बानिब्यबहार गर्दा तिमीलाई मसंग प्रेम गर्न गारो परेको खण्डमा म त्यो पनि सकेसम्म परिबर्तन गरौला | म तिमीबाट बनावोटी प्रेम होइन यथार्थबादी प्रेमको खोजिमा छु | म बागमतीको भेलजस्तो होइन गंगाको जलजस्तो पबित्र प्रेमको अपेक्षामा छु |
म तिमीलाई प्रेम गर्छु भनिरहदा आफ्नो धरातल पनि प्रस्तुत गर्नुपर्ने आवश्यकता देख्दछु | म मेरो बास्तबिकता लुकाउने प्रयत्न गर्दैन | अझ तिमीले ममा तिमि जे छौ त्येसैमा गर्ब गर्न सिक भन्ने भाब सिर्जना गराईदिए पछि त म केहि पनि लुकाएर प्रस्तुत गर्नै सक्दैन | हुन त म एक पिछडिएको ग्रामिण क्षेत्रको मान्छे | गाउँमा गाई भैसी, अनि कल्याणी धर्तिको माटोसंग पौठेजारी खेल्दै जन्मेको हुर्केको मान्छे | त्यो पाखोसंग, भीरसंग, जंगलसंग पौठेजोरी खल्दै हुर्केर तिम्रो सम्पर्र्कसम्म आईपुगेको मान्छे | अझ भनौ पहाडी ग्रामीणक्षेत्र देखि तराईका बिकट ग्रामिण क्षेत्रका हरेक दुखःसुखहरुसंगा, यहाँको हरियाली प्रकृतिसंग पौठेजोरी खेल्दै, हास्दै, लड्दै हुर्केको मान्छे, तिम्रो सम्पर्र्कसम्म आईपुगेको मान्छे |
तिमि सहरिया जिबनसैलिमा हुर्केकी, सुखमा हुर्केकी सधै बाबाआमाको काखमा खेल्दै रमाउन पाएकी मान्छे | मेरो ग्रामिण क्षेत्रमा मेरि संगिनी भएर बिताउदां पिडा होला अनेकौ दुखः कस्ट पाउनु पर्ला तर तिमि र म बिच बाँध्ने प्रेमको डोरीले त्यो बिर्सन सक्छु जस्तो लाग्छ भने तिमीलाई सदा स्वागत गर्न म तत्पर छु | तिम्र हरेक पाईलामा संगै हिंड्ने पर्येत्न गर्न सक्छु, सधै साथ दिन सक्छु |यो अंगालो तिम्रै लागि खाली छ, यी आँखाहरु तिम्रै बाटो हेरेर तिम्रै प्रतिक्षा छन |
हुन त यी सबै कुराको ज्ञान तिमि जस्तो पढेलेखेकी शिक्षित नारीलाई सबै थाहा छ | तिमि सबै बुझ्न सक्छौ जस्तो लाग्छ | त्येसैले तिमीलाई मेरो प्रेम प्रस्ताब स्वीकार्य छ भने तिमि खुसीको बिगुल बजाईदेउ मलाई अंगोलोमा बाँध छैन भने हासी खुसिजानकारी देऊ | म हरेक खालको प्रतिकृयाको लागि तयारीका साथ छु |
तिमीलाई अनन्त प्रेम अन्तिम साशसम्मगर्ने प्रण गर्ने
नारायण भुसाल

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.