शुभकामना सांस्कृतिक साँझमा कलाकारले अमेरिका तताए

भर्जिनिया -अमेरिकाको म्यारिल्याण्ड राज्यको बाल्टिमोरमा सन् २००४ मा स्थापना भएको बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन बाल्टिमोर (बाना)को दशैँ तिहार साँझ २०७१ भब्यताको साथ सम्पन्न भएको छ ​l​
बानामा दुई पदावधि अधक्ष्य बनेका ब्यबसायी विजय श्रेष्ठको अन्तिम कार्यकालको अन्तिम सांगीतिक साँझ स्मरणीय बन्न पुगेको छ l  नेपाली चलचित्र संग सम्बन्धित ख्याती प्राप्त नायिका द्वय ऋचा घिमिरे तथा उषा पौडेलको प्रस्तुतिले शुभकामना साँझमा रौनक ल्याएको दर्शकहरुले बताए l
उषा पौडेल नेपालको एक चर्चित नायिका हुन् भने भारतको मुम्बईमा रही केहि भारतीय केहि धारावाहिकमा समेत अभिनय गरि सकेकी नेपाल आउदै जादै गर्ने गरेकी पौडेल केहि महिना देखि अमेरिकामा छिन् l  उनले कलाकार मिलन लामा संग अभिनय प्रस्तुत गरेकी थिइन् l
​ ​
उक्त सांस्कृतिक साँझमा नेपालबाट अमेरिका पुगेकी लोक गायिका सुनिता दुलालले केहि लोक गीत प्रस्तुत गर्दै दर्शकलाई नचाएर मनोरंजन प्रदान गरेकी थिइन् भने लोक गायक प्रेम राजा महतले पनि उनलाई साथ दिएका थिए l
ख्याती प्राप्त गायक तथा गायिका सन्जिब प्रधान तथा सरिश्मा अमात्यले चर्चित गीतहरु प्रस्तुत गरेका थिए भने स्थानीय कलाकारहरु भगवान भण्डारी ,मिलन लामा तथा देव किरण शाहीले पनि भरपुर मनोरंजन दिलाएका थिए l
​ ​
यसै गरि प्रतिभा गुरुङ, दिपा गुरुङ ,रन्जिता श्रेष्ठ ,सर्यु राजभण्डारी ,किर्ति ज्ञवालीको साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो l  वाशिंगटन डिसी नेपाली दुतावासका कार्यबाहक राजदुत ऋषि राम घिमिरे तथा म्यारिल्याण्ड तथा पेंसेल्भानियाका लागि नेपाल सरकारको तर्फबाट अवैतनिक महाबाणिज्य दुत प्रेम राजा महतले शुभकामना दिनु भएको थियो भने अन्य अतिथिहरुले पनि शुभकामना दिएका थिए l
उक्त कार्यक्रममा अधक्ष्य विजय श्रेष्ठले बाल्टिमोरमा सामुदायिक भवन निर्माण गर्ने पहल हेतु भवन निर्माण समिति समेत बनाईएको चर्चा गर्दै सहयोग गर्ने बचन बचनबद्धता गरेको उल्लेख गर्दै सबैलाई सहयोग गर्न आग्रह गर्दै आफ्नो पदावधिको अन्तिम कार्यक्रम रहेको बताउदै शुभकामना दिएका थिए l
नेपाली कला र संस्कृतिको संरक्षण तथा प्रबर्धनमा सहयोग गरौ भन्ने मुल नाराको साथ दशैँ तिहार शुभकामना साँझ सफलता पूर्वक सम्पन्न गरिएको छ l

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.