सपरिवार सहित उपप्रधान तथा गृहमन्त्री चीन भ्रमणमा जाने

काठमाडौं,असोज २९ – संविधान निर्माणमा केन्द्रीत हुनुपर्ने समयमा सरकारका उपप्रधान तथा गृहमन्त्री बामदेब गौतम श्रीमती , छोरा र मन्त्रालयका सहसचिवहरु लिएर चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । चीनको सार्वजनिक सुरक्षा मन्त्रालयको निमन्त्रणमा बुधबार बिहान गौतम श्रीमती र छोरासहित त्यसतर्फ जान लागेका हुन् । गौतमको टोली एयर चाइनामार्फत बिहान साढे ११ः३० बजे त्यसतर्फ जाने कार्यक्रम छ । गौतमको उक्त भ्रमणदलमा श्रमती तुलसा गौतम,छोरा हरिशदेब गौतमका साथै गृहमन्त्रालयका सहसचिव लक्ष्मी ढकाल,परराष्ट्रका सहसचिव खगनाथ अधिकारी समेत सहभागि हुने बताइएको छ । पाँच दिनका लागि तय गरिएको उक्त भ्रमणमा गौतमले विभिन्न राजनीतिक भेटघाटका साथै विभिन्न क्षेत्रहरुको भ्रमण गर्ने  कार्यक्रम रहेको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ । संविधान निर्माणको समयमा गृहमन्त्री छोरा र श्रीमतीसहित चीन भ्रमणमा निस्किएपछि यसलाई लिएर कतिपयले प्रश्न उठाएका छन् । पछिल्ला दिनमा सभासद् तथा सरकारका मन्त्रीहरु संविधान निर्माणको काम छाडेर विदेश भ्रमणमा निस्किएपछि सर्वसाधारणको आलोचनाको पात्र बनिरहेका छन् । गौतमको यो भ्रमणलाई लिएर अध्यक्ष केपी ओलीले पनि असन्तुष्टी जनाएको स्रोतको दाबी छ ।

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.