२१ वर्ष अघि अमेरिकामा के के गरेका थिए नरेन्द्र मोदीले (तस्विर सहित) -

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणमा जाँदैछन् । उनलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउँदै आएको अमेरिकी सरकारले विशेष प्रवेश आज्ञा भिषाको ब्यवस्था गरेर अमेरिकामा स्वागत गर्दैछ ।   तर मोदीको यो पहिलो अमेरिकी भ्रमण भने होइन्। अमेरिकामा जान प्रतिबन्ध लाग्नु अघि नै उनले अमेरिकामा पाइला भने टेकिसकेका थिए।   विवादास्पद गुजरात दंगा पछी उनलाई modi 21 yrs ago 3अमेरिका लगाmodi 21 yrs agoयत बेलायत सहितका राष्ट्रले अछुत नेताका रुपमा व्यवहार गरेका थिए। उनी भारतको आर्थिकरुपमा शक्तिशाली राज्य गुजरातका मुख्यमन्त्री हुँदा पनि उनलाई अमेरिकाले छेकबार लगाएको थियो।    नरेन्द्र मोदीले २१ वर्ष अघि पनि अमेरिका भ्रमण गरेका थिए । नरेन्द्र मोदीले प्रधानमन्त्रीकोरुपमा भारत भ्रमण गर्न लाग्दा उनले २१ वर्ष अघि अमेरिका भ्रमणका क्रममा के के गरेका थिए भन्ने चर्चा मात्र होइन उनका त्यतिबेलाका तस्विर पनि सामाजिक सञ्जालमा शेयर भैरहेका छन् । २१ वर्ष अघि मोदी भारतीय जनता पार्टी भाजपाका महासचिव थिए । पहिलो पटक १९९३ मा अमेरिका गएका मोदीले शकागो यात्रा गरेका थिए । शिकागोमा आयोजित स्वामी विवेकानन्द स्मृति कार्यक्रममा उनी त्यहाँ सहभागी भएका थिए । त्यति मात्र होइन अमेरिकामा उनले २१ वर्ष अघि बाइक चलाएको तस्विर पनि सार्वजनिक भएको छ । मोदी अमेरिकामा जानु अघि उनको भाषण सुन्न अमेरिकामा टिकट विक्री भैरहेका चर्चा समेत आएका छन् । 

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.