नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा तोडफोड भएको छ । आन्दोलनरत कर्मचारीले गरेको हुन सक्ने ठानिएको कार्यालयका सीसा फुटेका छन् । प्रबन्ध निर्देशकको नियुक्तिविरुद्ध टेलिकमका इन्जिनियरहरु केही दिनदेखि आन्दोलनमा छन् । यद्यपी तोडफोडको जिम्मा उनीहरुले लिन अस्वीकार गरेका छन् । व्यस्थापनले भने आन्दोलनकारीले नै तोडफोड गरेको आरोप लगाएको छ । टेलिकमको एउटा तल्लाको सिसा फुटेको छ । सरकारले गैरप्राविधिकलाइ प्रबन्ध निर्देशक बनाइएको भन्दै टेलिकमका इन्जिनियर १५ दिनदेखि आन्दोलनमा छन् । सरकारले लेखा शाखामा कार्यरत बुद्धिप्रसाद आचार्यलाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्ति गरेको थियो । - See more at: http://nepaliheadlines.com/2014-09-24-07-27-11.html#sthash.20dggOeL.dpuf
टेलिकमको मुख्यालयमा तोडफोड
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses