तेज बन विश्वासी
सुनसरी, असोज ८ – केही साता अघि सप्तरीको भारदह १ स्थित कोशी ब्यारेक आसपास मृत अवस्थामा फेला परेका सुनसरी हरीपुर ८ का एक भैंसी व्यापारीको हत्या उनकै जेठी श्रीमतीको योजनामा भएको अनुशन्धानबाट खुलेको छ । प्रहरीले मृतकका जेठी श्रीमती सबरुल खातुनलाई नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा यस्तो रहस्य खुलेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक दिपक कार्कीलाई उदृढ गर्दे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सुनसरी हरीपुर ८ का भंैसी व्यापारी मस्तकिम मियाको गत साउन २३ गते सप्तरीको भारदहस्थित एक केराबगानमा हत्या गरेको अवस्थामा शव फेला परेको थियो । अनुसन्धानकै क्रममा गाउँका स्थानीय युवा मतावुल मियासंग जेठी श्रीमती सबरुलखातुनको अनैतिक कृयाकलाप र सम्पर्क बढ्दै जाँदा श्रीमान मस्तकिम बाधक बनेको र उनलाई पन्छाउनको निमित्त हत्या योजना बनेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यता इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक दिपक कार्कीका अनुसार श्रीमान मस्तकिमको हत्या योजना बनाउने उनकै जेठी श्रीमती सबरुल खातुन रहेको र उनको स्थानीय गाउन्का युवकसँग अनैतिक सम्बन्ध रहँदै आएको कारण श्रीमानको हत्या योजना बनाएको पनि प्रहरी सामु स्विकारेको बताएका छन् । प्रहरी नियन्त्रणमा रहेकी खातुनलाई थप कारवाहीका लागि बुधवार अदालत सामु पेस गरिने कञ्चनपुर प्रहरी निरिक्षक दिपक कार्कीले बताए । - See more at: http://www.ratopati.com/2014/09/24/169686.html#sthash.TaxtSdEY.b2SPnVjB.dpu
नाठोसँग मोज गर्न नपाउँदा श्रीमानको हत्या
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses