१० हजार कोठा भएको होटेल जुन शुरूवातदेखी नै बन्द छ...(तस्विरसहित)
तपाईलाई सुन्दा पनि अचम्म लाग्न सक्छ की एउटा होटेलमा १० हजार वटा कोठा छन् तर, उक्त होटेल भने विगत ७० वर्षदेखी बन्द छ । समुन्द्री किनारमा निकै सुन्दर स्थानमा रहेको एक होटेल जसमा १० हजार कोठाहरू रहेका छन् ती सबै खाली छन् । अर्थात् उक्त होटेल नै बन्द छ विगत ७० वर्षदेखि । अचम्म लाग्ला ति ठुलो होटेल कहाँको हो भन्ने थाहा पाउन पनि मन लाग्ला र किन बन्द छ त्यो पनिथाहा पाउने मन लाग्न सक्छ ।यो होटेल जर्मनीको बाल्टिक समुन्द्रको रूगेन आइल्याण्डमा रहेको छ । यो सी-फेसिंग होटेलमा १० हजार बेडरूम छन् । यसको निर्माण ७० वर्ष पहिले नै गरिएको थियो, तर अचम्मको कुरा के छ भने आजसम्म एक जना पनि उक्त होटेलमा एकजना पनि बसेका छैनन् । जर्मनीको नाजी शासनले उक्त विशाल होटेलको निर्माण सन् १९३६ देखी १९३९ को बीचमा गरेको थियो । यसलाई निर्माण गर्नका लागि ९ हजार मानिसले ३ वर्षसम्म काम गरेका थिए ।
नाजीहरुले यो होटेललाई एक कार्यक्रम स्थलका रूपमा निर्माण गराएका थिए । विशाल होटेलमा जर्मनी कामदारहरूलाई मनोरञ्जनका लागि सहभागी गराउने उदेश्यले निर्माण गरिएको थियो ।
होटेल प्रोरामा एक समान ८ वटा बिल्डिङको निर्माण गरिएको छ र हरेक बिल्डिङको लम्बाई ४.५ किलोमिटर छ । यो भवन समुन्द्रबाट करिब १ सय ५० मिटर मात्र टाढा छ । यस होटेलमा चार वटा रिसोर्ट छ, जहाँ सिनेमा हल, फेस्टिवल हल, स्विमिङ पुल समेत रहेको थियो ।
होटेलमा रहेका हरेक कोठा ५*२.५ मिटरको रहेको छ । र प्रत्येक कोठामा दुईवटा ओछ्यान, एक दराज र एउटा सिंक रहेको छ । हरेक तलामा ट्याइलेट, सावर र बाथरूम भने सामूहिक नै निर्माण गरिएको थियो ।
होटेल निर्माणकै क्रममा विश्वयुद्ध सुरू भएपछि यसको निर्माण कार्य रोकिएको थियो । युद्धपछी होटेलमा विस्थापितहरूलाई राखिएको थियो ।







0 comments
Write Down Your Responses