कुवेतमा सवारी दुर्घटना हुंदा ११ नेपाली घाइते, दुई जना आईसियुमा एकको गम्भीर अवस्थामा उपचार हुँदै

कुवेतमा गत आईतबार सवारी दुर्घटना हुदा एकै कम्पनीका ११ नेपाली घाइते भएका छन १ जनालाई गम्भीरलाई चोट लागेको छ भने एक जना महिला र एक पुरुषको चिन्ताजनक अवस्था आईसियुमा राखी कुवेतको फर्वानिया हस्पिटलमा उपचार भईरहेको छ |
कुवेतमा सवारी दुर्घटना हुंदा ११ नेपाली घाइते, दुई जना आईसियुमा एकको गम्भीर अवस्थामा उपचार हुँदै
ट्रस्ट अन्तर्गत क्लिनर कम्पनीमा कार्यरत नेपालीहरुको बिहान ड्यूटी जाने क्रममा बिहानको लगभग ४.४५ बजे अर्दिया स्थित युनिभर सिटिको अगाड़ीको सडकमा भएको दुर्घटनामा कुवेतीको पजेरोसंग जुधेको थियो उक्त गाडीले ठक्कर दिएपछि ११ नेपाली रहेका गाडीमा भएका सबै जना घाइते भएका हुन भने ८ जनालाई सामान्य चोट लागेको थियो गाडी चालक पनी नेपाली हुन |

घटनामा झापा जिल्लाकी शान्ति तामांग र सर्लाहीका लालबाबु चौधरीको अहिले अत्यन्तै गम्भीर छ बोल्न पनी नसक्ने र अहिले उनिहरूलाई आईसियुमा राखी उपचार भईरहेको छ शान्तिको ढाड भाचिएको र लालबाबुको कम्मर मुनिको भाग पुरै च्यातिएको भने चितवन जिल्लाकी पम्फा दर्जीलाई गहिरो चोट लागेको पम्फा उनी अहिले बेड नं २० मा उपचार गराईरहेकी पम्फाकी श्रीमान् सोम बहादुर परियारले जानकारी दिनुभएको छ |

कुवेतको फर्वानिया हस्पिटलमा उपाचार गराईरहेको उनिहरुलाई अहिले सम्म कम्पनिले कुनै किसिमको सहयोग गरेको छैन दुर्घटनामा संगै रहेका पदम थापाका अनुसार बिहान काममा जादै गर्दा बिपरीत दिशाबाट आएको कुवेतीको गाड़ीले ठक्कर दिदा नेपाली सवार गाडी लगभग ३० मिटर पर पुगी पल्टिएको थियो |

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.