प्रचण्ड भन्छन्,‘छोरी बित्दा भन्दा पनि बढी पीडा महसुस भइरहेछ

उपाध्यक्ष पोष्टबहादुर बोगटी दिवाकरसँग मेरो भेट २०३९ तिर भएको हो । त्यसबेला म अखिले नेपाल युवासंघको अध्यक्ष थिएँ,उहाँ केन्द्रीय सदस्य । हाम्रो सम्बन्ध ३२–३३ वर्ष लामो हो । सुरुका दिनमा उहाँ मप्रति निकै आलोचक हुनुहुन्थ्यो । पाका नेताहरुप्रति बढी भरोसा भएकाले मप्रति बढी आलोचक हुनु भएको रहेछ ।
prachanda in tension mood
पार्टीको पाँचौं महाधिबेशनमा मैले मोहनविक्रम सिंहको धारणाबारे अभिव्यक्ति दिएपछि उहाँ उत्साहित हुनुभयो । त्यसपछि हाम्रो सम्बन्धमा कहिल्यै शंका गर्नु परेन । उहाँ मेरो कडा आलोचक पनि हो तर उहाँको आलोचनमा माया झल्कन्थ्यो । २०४७ सालमा एकता केन्द्र बनेपछि सम्बन्ध परिपक्व भयो ।

 २०५२ सालमा जनयुद्ध सुरु गर्ने बेला मेरो प्रमुख भरोसा केन्द्रका रुपमा कमरेड दिवाकर हुनुहुन्थ्यो । जनयुद्धकै आधार इलाकाका रुपमा परिपक्व नेतृत्वको खाँचो पर्यो,त्यसबेला उहाँ रोल्पा,रुकुम,सल्यान र जाजरकोट जिल्लामा सँगसँगै हिँडेका थियौं । हामी युद्धका बेला रुँदारुँदै हाँस्ने र हाँस्दाहाँस्दै रुने क्षणमा पनि हिड्यौं तर उहाँ हामीलाई रुवाएर विदा हुनुभयो । पार्टीभित्र चर्को अन्तरसंघर्ष भएका बेला कहिल्यै दायाबायाँ गर्नुभएन । जहिले पनि पार्टी लाइन र नेतृत्वको पक्षमा लाग्नुभयो ।

जनयुद्धकै बेला हाम्रो पारिवारिक सम्बन्ध पनि गाँसियो,मेरो छोरा र दिवाकरजीको छोरीबीच बिबाह भयो । कुरा नमिलेपछि उनीहरुको सम्बन्ध विच्छेद भयो । तर मेरो र दिवाकरजीको सम्बन्ध पहिलेजस्तै सुमधुर रह्यो । हाम्रो सम्बन्ध विगार्ने प्रयास नभएका होइनन् । तर उहाँले सम्बन्ध अझै उचाईंमा विकास गर्नुभयो । उहाँजतिको उचाइ भएको नेता पाउन सायद अब गाह्रो छ ।

युद्धका बेला होस या शान्ति प्रक्रियामा आएपछि होस्, उहाँ जहिले पनि कर्तव्यनिष्ट भएर काम गर्नुभयो । संविधानसभाको पहिलो निर्वाचनपछि उहाँ संसदीय दलको प्रमुख सचेतक हुनुभयो, उहाँको भूमिकालाई पार्टीभित्र र बाहिर सबैले सम्झिरहेका छन् । संविधासभाको दोस्रो निर्वाचनमा हम्रो अवस्था राम्रो हुन सकेन, हुन दिइएन, तर कमरेड दिवाकार कहिल्यै विचलित हुनुभएन ।

त्यसपछि चर्को अन्तरसंघर्ष र पार्टी विभाजन भएपछि पनि विचलित हुनुभएन । बरु पार्टी सुदृढ गर्ने अभियानमा निरन्तर लागिरहेका बेला अचानक उहाँको निधन भयो । उहाँ मलाई मात्र होइन, बाबुरामजीलाई पनि ठाडै आलोचना गर्नसक्ने नेता हो । उहाँको आलोचनालाई बाबुरामजीले पनि कहिल्यै नराम्रो मान्नुभएन । किनभने उहाँ सर्वमान्य नेता भइसक्नुभएको थियो ।

आजको कान्तिपुर दैनिक लेख्छ,  उहाँको असायमिक निधनबारे म शव्दमा व्यक्त गर्न सक्दिँन । मलाई यति पीडा कहिल्यै भएको थ्एिन । केही असयअघि क्यान्सका कारण मेरी छोरीको निधन यभो । त्योभन्दा बढी पीडा अहिले भएको छ । किनभने हामीले एकजना इमान्दार, निष्ठावान् र देशका लागि नभई नहुने नेता 

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.