नेता बोगटीको पार्थिव शरीर पार्टी कार्यालय र खुल्लामञ्चमा राखिने

काठमाडौं, भाद्र ३० । एकिकृत माओवादीका उपाध्यक्ष पोष्ट बहादुर बोगटीको आज विहान निधन भएको छ । बोगटीको निधनपछि श्रद्धाञ्जली दिन एकीकृत माओवादीका नेता तथा कार्यकर्ताका साथै अरु दलका नेताहरु नर्भिक अस्पताल पुगेका छन् ।
श्रद्धाञ्जलीका लागि बोगटीको पार्थिव शरीर ९ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालय, ११ बजेदेखि २ बजेसम्मखुलामञ्चमा राखिने छ भने उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पार्टीले जनाएको छ ।
नुवाकोट तुप्चेका स्थायी बासिन्दा बोगटी आफ्नो घरजग्गा स्थानीय चण्डेश्वरी माध्यमिक विद्यालयलाई चन्दा दिएर २०५२ सालमा जनयुद्ध थालनीसँगै सपरिवार भूमिगत भएका थिए । पञ्चायतकालदेखि नै वाम राजनीतिमा लागेका बोगटी केही समय नुवाकोट भाल्चेस्थित भेडा फर्ममा सरकारी जागिरे पनि थिए । बोगटीको आजै अन्त्येष्टी गरिने बताइएको छ ।
गत विहिवार राती ह्दयघात भएपछि गंगालाल अस्पताल हुँदै नर्भिक अस्पतालमा भर्ना भएका बोगटीको आज विहान  ७ बजे निधन भएको अस्पताल स्रोतले जानकारी दिएको थियो ।
बोगटीको अवस्था गम्भिर रहेको भन्दै हिजो अस्पतालले एक विज्ञप्ती मार्फत जनाएको थियो । स्वास्थ्य अवस्था निकै जटिल भएपछि परिवार र पार्टीको आग्रहमा उनलाई भेन्टिलेटरमा राखेर कृत्रिम श्वासप्रश्वास गराउनुका साथै जीवनदायी औषधी चलाइएको थियो ।
औषधीले काम गर्न छाडेपछि चिकित्सकहरुले उनको मृत्यु भएको घोषणा गरेको स्रोतले जानकारी दिएको छ ।  बोगटीको मस्तिष्कको देब्रे तर्फको बीच भागमा रगत जमेको थियो । ह्दयघात र मस्तिष्कघात पछि उनका दायाँतर्फका शरीरका कुनै पनि अंग चलेका थिएनन् । ६१ बर्षीय बोगटी एमाओवादीमा कुनै विवादमा नपरेका र निष्कलंक व्यक्तित्व थिए ।
अध्यक्ष पुष्पकमल दाहालसँग निकट रहेर पार्टीमा क्रियाशिल उनले जनयुद्धमा छोरा समेत गुमाएका थिए । उनका छोरा रवि बोगटी जनयुद्धका क्रममा धादिङमा मारिएका थिए । उनको सम्पूर्ण परिवार जनयुद्धमा होमिएको थियो । उनक छोरीहरु प्रभा र प्रतिभा बोगटी पनि एमाओवादीको राजनीतिमा सक्रिय छन् ।
बोगटी एमाओवादीको सातौं महाधिवेशनबाट महासचिब साथै विराटनगर राष्ट्रिय सम्मेलनपछि केन्द्रिय सदस्यहरुबाट शतप्रतिसत मत प्राप्त गरी केन्द्रिय उपाध्यक्ष भएका थिए । बोगटी झलनाथ खनालको सरकारमा सञ्चारमन्त्री र डा.बाबुराम भट्टराईको सरकारमा उर्जा तथा पर्यटन मन्त्री समेत बनेका थिए ।
- See more at: http://imagekhabar.com/samachar/detail/41439/61/.shtm#sthash.d19Ba53Z.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.