तपाईंको राशीफल हेर्न यो लिङ्कमा जानुहोस्

मेष
मेष (चू चे चो ला ली लु ले लो अ)
विवादित अभिव्यक्तिबाट बच्ने कोसिस गर्नु होला । धनको संचयमा ध्यान दिनु बुद्धिमानी हुनेछ । अरुको कुभलो चाहनाले व्यक्तिगत हानि हुने भएकाले सकारात्मक हुनु जरुरी देखिएको छ । ठुलो लगानीबाट पनि प्रतिफल गुम्ने भय रहेको छ ।
वृष
वृष (इ उ ए ‌ओ वा वी वु वे वो)
सामाजिक कार्य सोचे अनुसार फल दिनेवाला रहने छ । आफूले नचाहँदा नचाहँदै पनि सामाजिक जिम्मेवारी मिल्ने योग रहेको छ । परिवारको लागि भलो चाहँदा व्यक्तिगत स्थिति नाजुक बन्न सक्ने छ । सबैलाई मान्य हुने काम गर्नाले सहयोगी हातहरु बढ्ने छन् ।
मिथुन
मिथुन (का कि कु घ ङ छ के को हा)
मानसिक चिन्ताले सताउने छ । ब्यापारबाट सोचे अनुसार लाभ नहुँदा परिवारमा समेत बेमेल हुनेछ । हातबाट बहुमूल्य बस्तु गुम्ने योग रहेको छ । मेसिनरी बस्तुबाट घात रहेकोले प्रयोग गर्दा सावधान रहनु होला । व्यवहारिक रुपमा कठिन भएको अनुभव गरिने छ ।
कर्कट
कर्कट (ही हु हे हो डा डि डु डे डो)
दिनभर भागदौड मच्चिने छ । प्रतिफल नआउने काममा मेहनत गर्नु पर्ने हुनेछ । सानातिना झमेलामा परिने छ । अरुको भरमा पर्दा नोक्सानी हुनेछ । तपार्इको निर्णय तार्किक मोडमा पुग्नेछ, तर यसको फाइदा अरुलाई नै पुग्ला । साहसिक कार्यमा भने सफल बनिने छ ।
सिंह
सिंह (मा मि मू मे मो टा टी टु टे)
समय तपार्इंको पक्षमा सकारात्मक भएर आएको छ । शुभ कार्यका लागि ठुलो निर्णय लिन सक्नु हुनेछ । रोक्किएर बसेका कामहरु फत्ते हुनेछन् । सवारीसाधनको मार्गबाट लाभ मिल्नेछ । सामाजिक कार्यमा रुची हुनेछ । विवादित मुद्धा किनारा लाग्ने छन् ।
कन्या
कन्या (टो प पी पु ष ण ठ पे मो)
अरुले गरेको राम्रो कामको जश आफूलाई मिल्ने योग छ । सामाजिक प्रसंसाको पात्र बनिने छ । लेनदेनका काममा आफूलाई फाइदा हुनेछ । सन्तान सन्ततिको मार्गबाट शुभ समाचार सुन्न पाइने छ । तपाईका गुप्त शत्रुहरु पराजित हुने छन् ।
तुला
तुला (र री रु रे रो ता ती तू ते)
पारिवारिक बेमेलको फाइदा अरुलाई हुनेछ । नसोची गरेको निर्णयले अन्त्यमा समस्या आउने छ । आर्थिक रुपमा परनिर्भर हुनु पर्ला । मानसिक रुपमा चिन्तित बनिने छ । मित्रहरुको व्यवहारले दुःख लाग्ने छ । स्वास्थ्य प्रतिकूल बन्ने देखिएको छ ।
वृश्चिक
वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
बैवाहिक जीवनमा खटासपना आउने छ । विवादहरुबाट झेलिनु पर्ला । तपार्इको श्रमको प्रतिफल अरुले नै लिने छन् । सवारी साधनको प्रयोगमा सावधानी अपनाउनु होला । सामाजिक कार्यमा प्रतिष्ठा घट्ने छ । ब्यापार भने फाइदामा जानेछ ।
धनु
धनु (य यो भा भी भू ध फा ढ भे)
मानसिक बिचलनले निर्णय लिन चुकिने छ । गलत व्यक्तिको सल्लाहले घाटामा परिने छ । अचानक यात्रामा निस्कनु पर्ने हुनेछ । मित्रहरु पराय हुने छन् । मनको वेदना सुनिदिने कोही हुनेछैन । स्वास्थ्यमा समस्या देखिने छ । शिक्षा शास्त्रमा अरुची हुनेछ । कार्य ब्यस्तता बढ्ने छ ।
मकर
मकर (जो जा जी खी खू खे खो गा गी)
रचनात्मक कार्यको लागि समय सापेक्ष रहेको छ । शुभ कार्यमा सबै क्षेत्रको सहयोग पाउनु हुनेछ । न्याय कानूनका कार्यमा तपार्इंको हात माथि पर्नेछ । सरकारी तथा गैर सरकारी जागीरमा पदोन्नतिको योग रहेको छ । आफ्ना कामले सामाजिक प्रतिष्ठा प्राप्त गर्नेछ ।
कुम्भ
कुम्भ (गू गे गो सा सी सु से सो द)
कर्मक्षेत्र आफू अनुकूल बनेर आउने छ । विवादित मुद्धाहरु किनारा लाग्ने छन् । आर्थिक कारोबार सफल रहने छ । तपार्इंका आलोचकहरु कमजोर रहने छन् । टाडाका आफन्तबाट शुभ समाचार सुन्न पाइने छ । घरमा पैतृक कार्य सम्पन्न हुनेछ ।
मीन
मीन (दि दू थ भ ञ दे दो चा ची)
व्यापारमा लगानीको उत्तम योग रहेको छ । आफूले गरेको काम बाट सन्तुष्टि मिल्ने छ । परोपकारजस्ता मानविय कार्यमा तपार्इंको सहभागिता हुनेछ । कार्यमा लगनशीलता बढ्ने छ । पढाइ लेखाइमा रुची हुनेछ । अरुको भरमा पर्नाले बनेको काम बीचैमा रोक्किने छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.