नेपाली युवा क्रिकेट टोली स्‍वदेश फिर्ता, विमानस्थलमा भव्‍य स्वागत

मलेसियामा एसीसी यु-१६ प्रिमियर लिग क्रिकेटको उपाधि जितेको नेपाली युवा क्रिकेट टोली स्वदेश फर्किएको छ। बिहीबार विहान साढे १२:१५ बजे त्रिभुवन विमानस्थलमा उत्रिएका हुन। नेपाली युवा क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्‍यान)ले भव्य स्वागत गरेको छ।

बुधबार मलेसियामा भएको फाइलन खेलमा घरेलु टोली मलेसियालाई ३२ रनले हराउदै एसीसी यु-१६ प्रिमियर लिको उपाधिमाथि कब्‍‍जा जमाएको थियो।

लगातार अपराजित रहि पाँचौ पटकको खेलमा नेपाली युवा टोलीले घरेलुटोली मलेसियालाई मात्रै हराएनन्। यसअघिका खेलमा नेपाली युवाटोलीले पहिलो खेलमा थाइल्‍यान्‍डलाई १० विकेट, दोस्रो खेलमा सिंगापुरलाई ४९ रन र तेस्रो खेलमा ओमानलाई १ सय २ रनले पाराजित गरेको थियो भने सोमबार भएको चौथो खेलमा बहराइनलाई ४७ रनमै समेटेको थियो।

विजेता खेलाडीलाई जनही २० हजार रुपैयाँ

नेपाल क्रिकेट संघ (क्यान)ले विजेता नेपाली युवा खेलाडी जनही २० हजार रुपैयाँ २० हजार रुपैयाँ दिने घोषणा गरेको छ।नेपालले बुधबार उपाधि जितेलगत्तै विज्ञप्ति जारी गरी १४ खेलाडी, दुई प्रशिक्षक र एक व्यवस्थापकलाई जनही २० हजार रुपैयाँ दिने भएको हो।

, , ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.