होटल मालिकसहित यौनधन्दामा संलग्न छ पक्राउ

इलाका प्रहरी कार्यालय लहानले लहान नगरपालिका–३ हस्पिटल चोकस्थित न्यु दीप होटलका मालिक र यौनधन्दामा संलग्न छ जनालाई पक्राउ गरेको छ ।
आज बिहान ४ बजे होटलमा छापा मारेर यौनधन्दामा संलग्न खरचुइया–५ सप्तरी र जनकपुर–९ की एक–एक युवतीलाई पक्राउ गरेको प्रहरी निरीक्षक सन्तोष निरौलाले बताउनुभयो ।
उहाँले भन्नुभयो, ती दुई युवतीसँग छुट्टाछुट्टै कोठामा यौनधन्दामा संलग्न रहेका सप्तरी मधेपुरा–६ का १९ वर्षीय दीपेन्द्र राम र सोही ठाउँका २३ वर्षीय मो. समदत हुँसैनलाई पनि पक्राउ गरेका छौं ।’
यस्तै यौनधन्दा सञ्चालन गराउने होटल मालिक शिवराम साह र होटलका कुकम्यान धनिराम साहलाई पनि पक्राउ गरिएको निरौलाले जानकारी दिनुभयो ।
सगरमाथा अञ्चलकै प्रमुख व्यापारीक बजार लहानमा अहिले यौनधन्दा फस्टाएको छ । होटल तथा लजमा खुलेयाम यौनधन्दा चल्दै आएको गुनासो बढेपछि प्रहरीले निगरानी बढाएको हो ।















 रासस

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.