एक महिनामा पन्ध्र महिला बेपत्ता – कहा गए त उनीहरु ?

 सुनसरी जिल्लाको इटहरीमा एक महिनाभित्र १५ जना महिला बेपत्ता भएका छन् ।
इलाका प्रहरी कार्यालय इटहरीको महिला सेलमा कार्यरत यशोदा कार्कीले साउन महिनाभर १५ जना महिला बेपत्ता भएको उजुरी परेको बताउनुभयो । बेपत्ता हुनेमा १५ देखि ३५ वर्षका महिला बढी रहेको उहाँले बताउनुभयो । हराएका पन्ध्रमध्ये प्रहरीको सक्रियतामा चारजना फेला परेका बताइएको छ ।
विशेषगरी श्रीमान वैदेशिक रोजगारमा गएका बेला परपुरुषसँग सल्किने महिला बेपत्ता हुने गरेको तथ्य फेला पर्ने गरेको निष्कर्ष निकाल्दै प्रहरीले यसको रोकथामका लागि सामाजिक सचेतना अभियानको खाँचो रहेको बताएको छ ।

















रासस

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.