‘यो कथा हो तिम्रो मेरो’ लाई ‘युनिभर्सल’सर्टिफिकेट

आउदो भाद्र १३ बाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘यो कथा हो मेरो’ ले चलचित्र जाच पास समितिबाट ‘युनिभर्सल’ सतिफिकेट प्राप्त गरेको छ । मंगलवार फिल्म युनिटले सर्टिफिकेट प्राप्त गरेको हो । फिल्ममा देखाइएको पारिवारिक प्रेमकथालाई मन पराउदै सेन्सर प्रतिनिधिले यु सर्टिफिकेट दिएको निर्देशक ओम प्रतिकले बताए । नारीप्रधान भनिएको यो फिल्ममा सुमन सिंह , रिश्ता बस्नेत , रवी कार्की , रुपा राणा , गणेश उप्रेती सहित स्वयम् निर्देशक ओम प्रतीकको पनि अभिनय रहेको छ । द फ्रेम क्रियशनको व्यानरमा निर्मित यस फिल्मलाई रमेश प्रजापतिले निर्माण गरेका हुन् ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.