करोडपति निर्माता संग अभिनेत्री झरना बज्राचार्यको प्रेम सम्बन्ध । बिहे पनि कि रोमान्स मात्रै ?

  पछिल्लो समय नेपाली चलचित्रका नायिका तथा अभिनेत्रीहरु प्राय पैसावाल संगको सम्बन्धका कारण चर्चा

संगै आलोचित बन्न थालेका छन् । बिशेष गरी यो क्षेत्रलाई बाहिरी नजरले राम्रो मान्ने गरिदैन । यो क्षेत्र संग आबद्द कलाकार,निर्माता र निर्देशक कोहि कसैको प्रेम या बैबाहिक सम्बन्धमा समेत स्थायित्व (टिकाउ)पाइदैन ।कतिपय कलकार चलचित्र उद्योगको नै बेज्जत हुने गरी पैसाको पछी दौडने र आफ्ना व्यक्तिगत सम्बन्धलाई गोपनियता दिन नसक्नु र खुलेयाम नकारात्मक गतिविधिमा सहभागी हुनाले नेपाली चलचित्र उद्योगलाई बौद्धिक स्तरले राम्रो विश्लेषण गरेको पाइदैन । यसै कारण कतिपय सम्भवना बोकेका राम्रो प्रतिभाहरु उद्योगले जन्माउन सकेको छैन । यसै क्रममा अभिनेत्री झरना बज्राचार्यको करोड्पती प्रेमी सँगको प्रेम सम्बन्धले चर्चा पाएको छ । अभिनेत्री झरना बज्राचार्य फिल्ममा नदेखिएकी धेरै भयो । करिब करिब उनलाई दर्शकले भुली सकेको अबस्थामा उनी अभिनित फिल्म ‘सेफ ल्याण्डिङ’को हालै अष्ट्रेलिया लगायतका देशमा प्रिमियर तथा च्यारिटी गरिएको छ । अष्ट्रेलियाको प्रिमियर सके लगत्तै फिल्मका सह निर्माता तथा करोडपति ब्यापारी राहुल अग्रवाल संग गहिरो प्रेम सम्बन्धमा रहेको रहस्य फिल्मी बजारमा खुलेको छ । । गत अगस्ट ९ तारिखका दिन अष्ट्रेलियाको सिड्नीमा सम्पन्न ‘सेफ ल्याण्डिङ’को प्रिमियरमा सहभागी हुन राहुलको साथमा झरना अष्ट्रेलिया पुगेकी थिईन् । झरना प्रिमियरका लागि नेपालबाट मलेसिया गएर अरबपति व्यापारी राहुलको साथमा अष्ट्रेलिया गएकी हुन् र अष्ट्रेलियामा झरना र राहुल सँगै बसेको कुरा एक अनलाइनले लेखेको छ । उनले यस् अघी पनि बिदेशी नागरिकसँग इङ्गेजमेन्ट गरेर ब्रेकअप गरेकी थिइन् । अहिले झरना राहुलसँग नै विवाह गर्ने मनस्थितीमा पुगेको बुझिएको छ । तर पनि यहाको चलन यस्तै छ भने झैँ उनले बिहे पनि गर्छिन् कि रोमान्स मात्रै आउने समयले बताउनेछ ।

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.