आफनै दाजुले १३ वर्षे बहिनी बनाए गर्भवति


दाजु बहिनीको सम्बन्धलाई एक पवित्र सम्बन्धको रुपमा लिइने गरिन्छ । तर एक दाजुले यस्तो हर्कत गरेका छन् जुन समाजमा अपाच्य त छ त्यो भन्दा पनि दाजु बहिनीको सम्बन्धलाई नै कलंकित पारेको छ ।

बेलायती अखवार डेली मेलको अनलाइन संस्करणका अनुसार बेलफाष्टमा बस्ने एक १५ वर्षीय किशोरले आफ्नै १३ वर्षीय बहिनीलाई गर्भवती बनाएपछि घटना चर्चाको विषय  बनेको छ ।
१३ वर्षीय किशोरीले आफ्नै दाजुको गर्भधारण मात्र गरिनन् बच्चा नै पैदा गरिन् । उनले पैदा गरेको बच्चाको नाम उल्लेख नगरीकन डेली मेलले यसबारे जानकारी दिएको छ।
यी किशोरी १३ वर्षको उमेरमा नै ठूलो उतार चडाव भोगिसकेको र बच्चा जन्माएपछि उनीहरुको मुद्धा अदालतमा पुगेको बताइएको छ । यो घटना सन् २०१२ को भएपनि अहिले मात्र अदालतले यो विषयमा फैसला सुनाएको छ । अहिले पनि किशोरीको उमेर केवल १६ वर्ष रहेका कारण उनको बच्चाको पालन पोषणको विषयमा समस्या भएको छ ।
आफ्नै बहिनीलाई गर्भवती तुल्याएका ती किशोरले आफ्नो बच्चा नभएको दावी गरेपछि डिएनए परीक्षण गर्दा यो बच्चा उनकै भएको पुष्टी भएको थियो ।तर किशोर अदालतमा भने उपस्थित भएनन् ।
अदालतले किशोरीको उमेर कम भएका कारण बच्चालाई कसैलाई धर्म सन्तानको रुपमा सुम्पिने र किशोरीलाई पुनर्स्थापना केन्द्रमा पठाउने फैसला सुनाएको छ ।

, , , , ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.