टेक्सासबाट पहिरो पीडितलाइ एकलाख

सुनकोशीमा गएको पहिरो पीडितहरूको सहयोगार्थ नेपाली जन सम्पर्क समिति वेष्ट टेक्सास च्याप्टरले एक लाख बीस हजार रुपियाँ संकलन गरेको छ ।




पहिरो पीडितको सहयोगार्थ प्रदर्शन गरिरएको चलचित्र “नाई नभन्नु ल -२”को प्रदर्शन बाट उठेको उक्त रकम नेपाल सरकार प्रधानमन्त्री कोषमा जम्मा गरिनेजानकारी नेजस वेष्ट टेक्सास च्याप्टरका अध्यक्ष हरिबोल भण्डारीले दिए। शुक्रबार स्टेफनभिलमा विकास आचार्य निर्देशित चलचित्र “नाई नभन्नु ल -२” प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा चलचित्रका सम्पर्कशुत्र  बिकासराज न्यौपानेले  दैबी प्रकोपमा परेका नेपालीहरुको सहयोगका लागि केहि गर्ने भन्ने हरिबोल भण्डारीको पवित्र मनसाय देखेर आफुले कलाकार सरोज खनाललाई अनुरोध गरेपछि कार्यक्रम सम्भव भएको बताए ।

उपस्थित दर्शकहरुलाई सम्बोधन गर्दै कलाकार सरोज खनालले पवित्र कामको लागि भएकोले निर्माता निर्देशक बिकाश आचार्यलाई नसोधिकन चलचित्र उपलब्ध गराएको उल्लेख गरे । उनले यस्ता राम्रो कामको लागि आफू  कहिल्यै पछि नपर्ने प्रतिवद्धता जनाएका थिए ।

     

कार्यक्रममा स्थानीयका अतिरिक्त ड्यालास ,फोर्थवोर्थ , वेदरफोर्टलगाएतका नेपालीहरुको उपस्थिति थियो  ।


, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.