को चलाख: मास्टर कि विद्यार्थी ?


एक रात चार कलेज विद्यार्थीहरु राति अबेरसम्म खेलेछन् र भोलिको जाँचको लागि तयारी गर्न सकेनछन् । बिहान उनीहरुले एउटा जुक्ति निकालेछन् । जुक्तिअनुसार उनीहरुले आफ्नो शरीरभरि माटो दलेछन् र झुत्रे झाम्रे भएर क्याम्पस प्रमुखको अगाडि उपस्थित भएछन् ।
“हामी हिँजो साँझ एउटा साथीको बिहेमा गएर आउँदा बाटोमै हाम्रो कार पङ्चर भयो र कार ठेल्दा ठेल्दा यस्तो हालत भयो”-
उनीहरुमध्ये एउटाले भन्यो- “त्यसैले हामी जाँच दिनसक्ने अवस्थामा भएनौँ ।”
त्यसपछि क्याम्पस प्रमुखले उनीहरुलाई जाँचको तयारी गर्न ३ दिनको समय दिएछ । उनीहरुले प्रमुखलाई धन्यवाद दिए र आफूहरु तीन दिनमा तयारी हुने बताए ।
तेस्रो दिन उनीहरु पुनः प्रमुखको अगाडि उपस्थित भए । प्रमुखले यो जाँच विशिष्ट भएकाले चारै जनाले छुट्टाछुट्टै कोठामा बसेर जाँच दिनुपर्ने बताए । उनीहरु पनि खुसी हुँदै राजी भए र चारवटा छुट्टाछुट्टै कोठामा बसे । उनीहरुले तीन दिनमा सबै पाठ्यक्रम पानी पानी पारेका थिए ।
प्रश्नपत्र आयो । त्यसमा दुइवटा प्रश्न थिए, जसको पूर्णाङ्क १०० थियो ।
प्र.नं. १. तिम्रो नाम के हो ? (२ अङ्क)
प्र.नं. २. कारको कुन टायर पङ्चर भएको हो ? (९८ अङ्क)



nepaliSamachar

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.