दुई दिनमा ४० हजार बढीले आवेदन फाराम भरे

वैदेशिक रोजगार विभागको रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत पाँचौँ पटक कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला गरेको दुई दिनमा देशभरबाट ४० हजार ३१ जनाले आवेदन फाराम भरेका छन् ।
देशभरबाट बुधबार १९ हजार ५४९ र आज २० हजार ७६९ जनाको आवेदन परेको इपिएस शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार आज डडेलधुराबाट ११३, काठमाडौँ कीर्तिपुरबाट तीन हजार ६४६ र सीतापाइलाबाट चार हजार ३०१, ललितपुर च्यासलबाट ३३ सय १०, सुनसरी धरानबाट तीन हजार ८९, रूपन्देही बुटवलबाट दुई हजार ६०८ र कास्की पोखराबाट तीन हजार ६१२ जनाले आवेदन फाराम भरेका छन् ।

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.