राष्ट्रपतिको अनुमोदन भइसक्यो–सभापति पौडेल

नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले राष्ट्रपतिको अनुमोदन भइसकेको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले राष्ट्रपतिको संसद्मा सम्बोधनसँगै अनुमोदन भएको प्रष्ट पार्नुभयो ।
उहाँले नेकपा (एमाले)सँग भएको सातबुँदे सहमतिमा केही प्राविधिक विषयमा मात्र टुङ्गो लगाउन बाँकी रहेकाले दुई दल बसी समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
उपसभापति पौडेलले संविधान निर्माणको कार्यतालिकाअनुसार नै कार्य अघि बढेको बताउँदै आगामी माघ ८ गतेभित्र मुलुकले नयाँ लोकतान्त्रिक संविधान पाउने दाबी गर्नुभयो ।
उहाँले राजनीतिक दलको सहमतिका आधारमा संविधान निर्माण हुने बताउँदै सबै जातजाति भाषाभाषीलाई मान्य हुने संविधान जारी हुनेमा ढुक्क रहने आग्रहसमेत गर्नुभयो ।
नेता पौडेलले संविधानसभामा बाँकी रहेको २६ सभासद्को मनोनयनका लागि दलहरुबीच छलफल भइरहेकाले केही दिनभित्रै संविधानसभाले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो ।

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.