अनिस खालिङ बचाउन चाहिने ब्लडमनी सरकारलाई हस्तान्तरण

यूएईमा मृत्युदण्डको सजाय पाएका अनिस खालिङ राईलाई छुटाउने संकलन गरिएको ब्लड मनी नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।
अनिस खालिङ् राई बचाउ अभियान समितिले शुक्रबार वैदेशिक रोजगार प्रर्वद्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेलाई ३ लाख ५ हजार दिराहम (रु ८० लाख ५९ हजार ९ सय ५० ) रकम हस्तान्तरण गरेको हो ।
Anish-Kaling
वैदेशिक रोजगारीको सिलसिलामा दुवई पुगेका संखुवासभा मत्स्यपोखरी-३ का अनिस खालिङ् राईलाई २०६८ सालमा अवुधावी अदालतले ज्यान मारेको अभियोगमा मृत्युदण्ड सुनाएको थियो । राईलाई मृत्युदण्डको सजायबाट उन्मूक्ति दिलाउन अवुधावी अदालतले दिराहम ३ लाख ५ हजार रकम ब्लडमनी तिरेर तोकेको थियो ।
अदालतले तोकेको ब्लडमनी जम्मा गरेपछि कानुनी प्रक्रिया पूरा गरेर अनिल जेलमुक्त हुने र नेपाल आउने बताइएको छ ।
रकम बुझ्दै वैदेशिक रोजगार प्रर्वद्धन बोर्डका कार्यकारी निर्देशक काफ्लेले अनिसलाई नेपाल ल्याउन सरकारले पहल गर्ने बताए । त्यसका लागि आफूहरुले छिट्टै पराष्ट्रमन्त्रीसँग छलफल गर्ने उनले जानकारी दिए ।
अनिस खालिङ् राई बचाउ अभियान समितिका संयोजक नारद कुमार राईले आफूहरुको ७ महिनाको लामो प्रयासपछि रकम जम्मा भएकोमा खुसी व्यक्त गरे ।
संखुवासभाका सभासद तारामान गुरुङले स्वदेश तथा विदेशमा बस्ने नेपालीहरुको सहयोगका कारण अनिश खालिङ्ले नयाँ जीवन पाएको बताए ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.