खरदार राता रात करोडपति भएपछि अख्तियारको आँखा
काठमाडौं । आर्थिक अनियमितता र भ्रष्टाचारले आक्रान्त पारी तहसनहस भएको मुलुकको अर्थव्यवस्थालाई बर्बाद हुनबाट जोगाउन गठित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विगत केही समयदेखि भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाउने मन्त्री, सांसद, सचिवलगायतका उच्चपदस्थ व्यक्तिलाई कारबाही प्रक्रिया अगाडि बढाएर जेल पुर्यारउने र निजहरूको सम्पत्ति जफत गर्ने काम गरिरहेको छ। यसैक्रममा अब अख्तियारले तल्लो तहका अवकाशप्राप्त एवम् वहालवाला भ्रष्ट कर्मचारीका उजुरीउपर पनि यथाशीघ्र कारबाही प्रक्रिया अगाडि बढाउने तयारी गरेको बुझिएको छ। अख्तियारको यही सक्रियतामा बाग्लुङ जिल्ला, मूलपानी गाविस, रातामाटा, रुम्टा घर भई केही वर्षअगाडि कर कार्यालयबाट अवकाश प्राप्त गरेका खरिदार खिलराज पौडेल पनि अख्तियारको हिट लिस्टमा परेको बुझिएको छ।
केही वर्षअघि शाही आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निजले भ्रष्टाचार गरी कमाएको अकुत सम्पत्तिउपर छानबिन गरी कडाभन्दा कडा कारबाही गर्न निजउपर उजुरी परेकोमा, निजले पचासौँ लाख नजराना दिएर उच्चपदस्थ व्यक्तिहरूलाई हात लिई तत्कालीन आयुक्त ललितबहादुर लिम्बूलाई प्रभावमा पार्दै आयोगबाट आफूउपर परेको उजुरी फाइल थाती राख्न सफल भएका थिए। तर, हाल परिस्थिति बदलिएको छ र आयोगले थाती राखिएका फाइलहरू पुनरावलोकन गर्ने क्रममा उनको फाइल हिट लिस्टमा परेको छ। अब कुनै पनि बेला अख्तियारले उनको सामाखुसी, धापासीस्थित करोडौँ मूल्यका दुईवटा भवनमाथि छापा मार्ने, अनि उनलाई पक्राउ गरेर खोरमा राखी अनुसन्ध्ाान प्रक्रिया अगाडि बढाउने निर्णय गरेको बताइन्छ।
स्मरण रहोस्, पियनको पददेखि जागिर सुरु गरेर बीस वर्षमा खरिदारसम्म पुगेका खिलराजले अवकाश पाउँदासम्ममा करोडौँको सम्पत्ति कुम्ल्याएका छन्। काठमाडौंमा मात्र चारवटा कम्प्लेक्स, ठाउँ–ठाउँमा पचासौँ रोपनी घडेरी, विभिन्न वाणिज्य बैंकहरूमा करोडौँ मौज्दात, नेपाल, भारत र अमेरिकाका बैंकहरूमा कुस्त बैंक ब्यालेन्स उनले थुपारेको निकटवर्तीहरूको दाबी छ। जसबारे यथार्थ फेहरिस्तसहित अख्तियारमा उजुरी परेको छ।
अख्तियारको कारबाही र समाजको दृष्टिबाट बच्न उनले आफ्नो सबै सम्पत्ति, श्रीमती, अमेरिकामा रहेका छोरी–ज्वाइँहरू, छुट्टिइसकेका सौतेनी आमा र भाइहरू तथा विवाह भइसकेका बहिनीहरूको नाममा राख्नुका साथै आफूलाई धार्मिक र नैतिकवान देखाउन राधास्वामी सत्संग व्यास नामक धार्मिक संस्थाको सदस्यसमेत बनेका छन्, जसले गर्दा उक्त संस्थाको प्रतिष्ठामा समेत आँच पुग्न गएको संस्थामा आबद्ध अनुयायीहरू बताउँछन्।
उल्लेखनीय कुरो के छ भने सूर्यबहादुर सेन ओलीले गठन गरेको देशभक्त गणतान्त्रिक मोर्चाले समेत उनका अक्षम्य काला कर्तुत, नैतिकहीन चरित्र र भ्रष्टचारपूर्ण रवैयाले मोर्चाको छविमा आँच पुगेको आरोप लगाई मोर्चाबाट केही वर्षअगाडि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेर निकालेको थियो।
0 comments
Write Down Your Responses
.jpg)
