कंगोबाट फर्किएका नेपाली सैनिकलाई इबोलाको आशंका
वीरगंज: दक्षिण अफ्रिकी मुलुक कंगोबाट शान्ति मिशनमा काम गरेर फर्किएका एक नेपाली सैनिकलाई इबोला भाइरसको संक्रमणको आशंकामा निगरानीमा राखिएको छ । रामेछाप घर भई हाल बाराको सिमरा गाविसमा बसोबास गर्दै आएका ती नेपाली सेनालाई निगरानीमा राखिएको इबोला भाइरस डेस्कका अहेब सुभाष गुप्ताले जानकारी दिए ।
साउन २५ गते त्रिभूवन विमानस्थल हुँदै हवाई मार्गबाट स्वदेश फर्किएका उनको विमानस्थलमै रगत परिक्षण गरिएको थियो । रगत परिक्षणमा उनमा इबोलाको संक्रमण फेला नपरेको प्रमुख जनस्वास्थ्य अधिकृत अरुण कुमार महत्तोले बताए ।
घर बिदामा रहेका श्रेष्ठको आँखा रातो हुने, टाउको दुख्ने, झाडापखाला लाग्ने र खाना नरुच्ने लक्षण देखिएपछि इबोलाको आशंका गरिएको हो ।
इबोलको आशंका भएपछि परिवारजनले वीरगन्ज भन्सार नाकामा अवस्थित इबोला डेस्कमा ८ भदौमा स्वास्थ्य परिक्षण र परामर्शका लागी उनलाई ल्याएका थिए । स्वास्थ्य परिक्षणका क्रममा आँखा हल्का रातो र टाउको दुख्ने लक्षणबाहेक अन्य कुनै लक्षण फेला नपरेको अहेब सुभाष गुप्ताले बताए ।
.jpg)
0 comments
Write Down Your Responses