नेपालमा माओवादी जनयुद्ध चलिरहेको समयमा बेलायतको गुप्तचर संस्था एमआइ सिक्स (MI6) ले माओवादीका नेता कार्यकर्तालाई पक्राउ गर्न, यातना दिन वेपत्ता पार्न र मार्नका लागि नेपाली सेनालाई सघाएको खुलासा भएको छ । नेपालको बारेमा अंग्रेजी भाषामा लेख्दै आएका बेलायती लेखक टमस बेलले उनको नयाँ पुस्तक 'काठमाडु'मा यस्तो खुलासा गरेका हुन् । नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरुलाई उद्धृत गर्दै बेलले द्वन्दकालीन समयमा नेपाली सेनालाई माओवादीका लडाकुलाई पक्राउ गर्न र मार्नका लागि बेलायती गुप्तर संस्थाले सघाएको आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । बेलले बेलायती
अधिकारीहरुले सन् २००२ मा नेपाली सेना तथा अनुसन्धान विभागलाई सुरक्षित भवन निर्माणका लागि आर्थिक सहयोग, निगरानीका लागि तालिम तथा विद्रोह दवाउने लगायतका सहयोग सहितको ४ वर्षे
गुप्तचरी कार्यक्रम समेत सञ्चालन गरेको उल्लेख गरेका छन् । बेलायती गुप्तचर विभागले त्यतिबेला माओवादी विद्रोह दवाउनका लागि बेलायती सेनाका केही अधिकृतलाई समेत नेपाल पठाएको र उनीहरु मध्ये केहीले बेलायती दुताबाससँग रहेर र कतिपयले वेग्लै समेत काम गरेको उनको पुस्तकमा उल्लेख छ । त्यसैगरी बेलका अनुसार बेलायती अधिकारीहरुले नेपाली अधिकारीहरुलाई विद्रीही नियन्त्रित क्षेत्रमा प्रवेश गर्ने र सुराकी दिने ब्यक्तिहरु ब्यवस्थित गर्ने तरिकाबारे समेत तालिम दिएका थिए । MI6 को
लोगो नेपाल प्रहरीको अनुसन्धान विभागलाई बेलायती सहयोगले निक्कै ससक्त तुल्याएको र त्यसकै कारण दर्जनौं विद्रोहीहरुलाई पक्राउ गर्न सफल भएको र ती पक्राउ गरिएका विद्रोहीहरुलाई यातना दिने र वेपत्ता पार्ने काम भएको समेत उनले उल्लेख गरेका छन् । बेलायती अधिकारीहरुले विद्रोहीहरुलाई पक्राउ गरेपछि यातना दिने र मार्ने काम हुन सक्ने हुने जान्दा जान्दै पनि यस्ता क्रियाकलापमा सहयोग गरेको नेपाली सेनाका एक जनरललाई उद्धृत गर्दै बेलले लेखेका छन् । बेलायती अधिकारीहरुले बाहिर बाहिर
यातना दिने र वेपत्ता पार्ने काम रोक्न आग्रह गर्ने र भित्र भित्र यातना दिने निश्चित भएका ब्यक्तिलाई पक्राउ गर्न सघाउने गरेको तथ्य समेत उनले खुलासा गरेका छन् । बेलको पुस्तकले नेपालमा १० वर्ष सम्म चलेको माओवादी जनयुद्धका क्रममा विद्रोह दमनका लागि पश्चिमा मुलुकका गुप्तचरले समेत सघाएको नयाँ खुलासा गरेको छ । त्यतिमात्र नभएर बाहिर एक प्रकारको विज्ञप्ति निकाले भित्र भित्र अर्कै ब्यवहार गर्ने गरेको दोहोरो चरित्रको डरलाग्दो पाटो पनि उनको पुस्तकले उजागर गरेको छ ।
नेपाली माओवादी मार्न र वेपत्ता पार्न बेलायतले सघाएको थियो'
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
.jpg)
0 comments
Write Down Your Responses