भदौ ११ मा संसदीय समितिका सभापतिहरुको निर्वाचन

 संसदीय समितिका सभापतिहरुको निर्वाचन भदौ ११ गते हुने दोस्रो सूचना जारी भएको छ। यस अघि भदौ ४ गते निर्वाचन गर्ने भनिएको संसदको बैठक नै स्थगित गरेर त्यो समय गुजारिएको थियो ।
संसद सचिवालय स्रोतका अनुसार आगामी सोमबार बस्ने संसदको बैठकमा सभामुख नेम्वाङ्गले संसदीय समितिका सभापतिको निर्वाचन कार्यक्रम घोषणा गर्नेछन् ।
संसदीय समितिका सभापति भागण्डाबारे प्रमुख दलहरुबीच सहमति भएपनि आन्तरिक रुपमा उम्मेद्वार तोक्न बाँकी छ । सहमति अनुसार सत्तारुढ कांग्रेस र एमालेले ४ । ४, प्रमुख प्रतिपक्षी एमाओवादीले २ र राप्रपा नेपाल, मधेशीदल र साना दलहरुले १र१ समितिको नेतृत्व पाउनेछन् । विधि निर्माण सहित संसदका महत्वपूर्ण काम संसदीय समिति मार्फत हुने भएकाले सभापतिका लागि सबन्धित विषयको ज्ञान, अनुभव र समन्वयकारी ब्यक्तित्व आवश्यक पर्छ । तर आन्तरि विवाद र गुटवन्दीमा रुमलिएका दलहरुले योग्य भन्दा पनि भाग खान पाउने तरिकाले सभापतिका उमेदबार छान्ने देखिएको छ।
काग्रेसमा गगन थापा, कुलबहादुर गुरुङ्ग, दिलबहादुर घर्ती र भिष्मराज आङदम्वे, एमालेमा रविन्द्र अधिकारी, प्रकाश ज्वाला, शेरधन राई र रञ्जु झाको नाम चर्चामा छ । एमालेका अधिकारी बाहेक अन्य सांसदहरु सम्बन्धित समितिमा नभएकाले संसदीय दल मार्फत समिति हेरफेरको सूची सचिवालयमा पुगेको छ । दलिय सहमति अनुसार कांग्रेसको भागमा संसदीय सुनुवाई, राज्यब्यवस्था, उपभोक्ता हित र उद्योग वाणिज्य समिति परेको छ भने एमालेले विकास, सुशासन तथा अनुगमन, अर्थ र महिला, वालवालिका, जेष्ठ नागरिक तथा समाजकल्याण समितिको नेतृत्व गर्नेछ । यसअ अघि नै सार्वजनिक लेखा समितिको नेतृत्व गरिसकेको एमाओवादीले अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको नेतृत्व पाउँदैछ । राप्रपा नेपालले सामाजिक न्याय तथा मानवअधिकार, मधेशकेन्द्रीत दलहरु मध्येबाट वातावराण संरक्षण र साना दलबाट विधानय समितिको नेतृत्व गर्न पाउने छ ।
पुराना समिति मध्ये राज्यब्यवस्था, सार्वजनिक लेखा, अर्थ, विकासलगायतका समिति आ आफ्नो कार्यक्षेत्रका कारण निकै आकर्षक मानिन्छन् । तर नयाँ नियमावलीले विगतमा राज्यब्यवस्थाका कार्यक्षेत्रमा रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषदो कार्यलय र अख्तियार जस्ता महत्वपूर्ण संबैधानिक निकाय सुशासन तथा अनुगमन समितिको क्षेत्राधिकारमा राखेको छ ।


0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.