डन दावा लामालाई छुटाउन कांग्रेस सभासद हनुमानढोकामा


प्रहरीको दादागिरी बढेको छ : सभासद लामा


 प्रहरी हिरासतमा रहेका डन दावा लामालाई छुटाउन नेपाली कांग्रेसका सभासद तीर्थ लामा हनुमानढोका पुगेका छन् । काभ्रे घर भएका डन लामालाई प्रहरीले सोमबार बौद्धबाट पक्राउ गरेको थियो ।
काभ्रेली समूहका डन लामा पक्राउ गरेपछि काभ्रे क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित कांग्रेस सभासद तीर्थ सोमबार साँझ नै महानगरीय प्रहरी परिसर हनुमानढोका पुगेका हुन् । यसअघि डन दिनेश अधिकारी चरी प्रहरी मुठभेडमा मारिँदा एमाले सभासदहरुले संसदमा हंगामा गरेका थिए ।
प्रहरी उच्च स्रोतका अनुसार सोमबार अबेर हनुमानढोका पुगेका लामाले के अपराध थियो र पक्राउ गरियो भन्दै प्रहरी अधिकारीहरुलाई प्रश्न गरेका थिए ।
सभासद लामाले पनि दावाको विषयलाई लिएर हनुमानढोका गएको स्वीकार गरेका छन् । ‘के कारण पक्राउ गरिएको रहेछ बुझ्न गएको हुँ’ लामाले अनलाइनखबरसँग भने-’कानुनी शासन मान्छौं, उसले के अपराध गरेको छ, त्यसमा कारवाही होस् भनेको छु ।’
लामाले पछिल्लो समय प्रहरीको दादागिरी बढेको बताए । ‘लागूऔषध हालेर मान्छेलाई फसाउने काम नहोस् भनेको छु’ उनले भने-’मेरो क्षेत्रको भएकाले मात्र भनेको होइन, कसैलाई पनि प्रहरीले अनावश्यक दुःख दिन पाउँदैन ।’
के-के छ अभियोग ?
पक्राउ परेका दावामाथि जबरजस्ती चन्दा, अपहरण र ज्यान मार्ने उद्योगसहितका गम्भीर अभियोगहरु छन् । लामाका साथबाट प्रहरीले १४ ग्राम खैरो हेरोइन लागूऔषध पनि बरामद गरेको जनाएको छ ।
लामाको समूहले ललितपुरको सुनाकोठी-८ निवासी ३४ वषर्ीय राजन श्रेष्ठलाई एक वर्षअघि खुकुरी हानेपछि लामा फरार थिए ।
डेढ वर्षअघि महाराजगञ्जबाट बुढानीलकण्ठ गइरहेको अवस्थामा व्यापारी सुनील अग्रवालबाट पनि लामाको ग्याङ्गले ११ लाख ५० हजार रुपैयाँ लुटेको प्रहरीले बताएको छ । लामाको ग्याङ्गले अग्रवालबाट पटक-पटक गरेर करिब ४१ लाख रुपैयाँ असुलेको प्रहरी अनुसन्धानले देखाएको बताइएको छ ।

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.