तीन महिने ठोमा र दोर्सेम प्रशिक्षण कार्यक्रम सम्पन्न

 मिन्ड्रोल च्याङछुप छ्योलिङ ट्रस्टमा तीन महिने काली डाकीनिको साधना अभ्यास दुद्ज्योम ठ्रोमा र मिन्लिङ्ग दोर्सेम(बज्र शत्व, साधना र कर्मकाण्ड विधि) को प्रशिक्षण सम्पन्न भएको छ ।
throma mcct
टुल्कु रिन्पोछेका साथ सम्पूर्ण प्रशिक्षार्थीहरूले केही समय अघि काठमाडौं फर्पिङ स्थित सम्या गोन्पाबाट क्याब्जे टुल्कु दुद्ज्योम याङ्सी रिन्पोछेबाट दुद्ज्योम ठोमाको वाङ्ग (अभिषेक), लुङ्ग (अगाम) र भाषिक प्रसारण समेतको परम्परा सम्पन्न गरेको हो । झ्यालसा गोन्पाको अवतारी टुल्कु ज्याम्फेल वाङपो रिन्पोछेका साथ विभिन्न जिल्ला काठमाडौं, सोलुखुम्बु, खोटाङ, सिन्धुपाल्चोक, संखुवासभा, भोजपुर, ओखलढुङ्ग र मुगुलगायत जिल्लाबाट आएको ४५ जना प्रशिक्षार्थीहरू सहभागि थिए । विभिन्न तीन चरण गरी लगातार तीन महिना सम्म यो प्रशिक्षण पूर्ण रुपमा सम्पन्न भएको हो । बौद्ध टुसाल स्थित दुद्ज्योम गोन्पाको आनी तथा भारत देहारदुण स्थित मिन्ड्रोलिङ
गोन्पाका खेन्पोबाट ठोमा र दोर्सेमको प्रशिक्षण दिएका हुन् ।
प्रशिक्षार्थी सम्पूर्ण लामा आनीहरूका लागि परम्परागत रुपमा ठोमा र दोर्सेमको विषयमा कर्मकाण्ड संचालन गर्न पाउने अधिकार दुद्ज्योम गोन्पाको छुज्युम लोपोन नाम्गेलबाट हस्तान्तरण गरेका थिए । संस्थाको निर्णयमा केही समय पछि पुनः लोसर पर्व पछि नया“ कक्षाहरू संचालन गर्ने

जनाइएको छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.