डाक्टरले बढी शुल्क लिए ३ वर्ष जेल

काठमाडौं,भदौं १३
आजको कान्तिपुर दैनिक लेख्छ, राजधानीस्थित एक अस्पतालमा भर्ना भएर ढाडको शल्यक्रिया गराएकी सपना बानियाँ शुल्क तिर्न लाग्दा अचम्मै परिन् ।
उनले तीन दिनमा तीनपटक चिकित्सकको परामर्श शुल्क भनेर मात्रै ३ हजार रुपैयाँ तिर्नुपर्यो । मुलुकमा स्वास्थ्थोपचार प्रतिष्ठानहरुले बिरामीहरुसँग आफूखुसी परामर्श शुल्क लिँदै आएका छन् ।
एक पटककै एक हजार रुपैयाँसम्म तिर्नुपर्ने निजी अस्पतालहरु छन् जहाँ महिनादिनसम्म भर्ना हुदाँ परामर्श भनेर मात्रै लाख बढी गन्नुपर्ने अवस्था आउन सक्छ । हरेक दिन जति पटक डाक्टर आउँछन, परामर्श शुल्क भनेर एक हजार लगे, अझ महिनौ अस्पताल बस्नेहश्रुको स्थिति के हुदोँहोला, सपनाका पति उपभोक्ता अधिकारवादी अगुवा ज्योति बानियाँले  भने ।
तर अव यो परिदृश्यमा ब्यापक हेरफेर हुनेवाला छ । सरकारले चिकित्सकहरुले लिन पाउने अधिकतम परामर्श शुल्क समेत तोकेको छ । असोज १ गतेदेखि लागू हुने उक्त मापदण्ड उल्लंघन गर्ने डाक्टरलाई कालो बजारी ऐनविरुद्ध मुद्दा चल्न सक्छ, जस अनुसार तीन वर्ष जेल र ५० हजार जरिवाना समेत हुनेछ । डाक्टरहरुले अधिकतम परामर्श शुल्क ४७५ रुपैयाँ मात्र पाउनेछन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.