महिलाको स्तनभित्र ७१ हजार डलर बराबरको लुकाएको ‘कोकीन’

तस्बीर : स्पेनिश अनलाइन

मानिस पैसा भने पछि के गर्न पछि पर्दैन होला ! चोरी, डकैती, तस्करी के के ? कोही ब्यागमा, कोही ल्याबटपमा कोही मोजामा, कोही अन्डरवेरमा वा बुर्कामा लागू औषध लुकाएको त हामीले सुनेकै हौ । तर स्पेनमा एउटा नयाँ घट्ना घटेको छ तस्करीको ।

भेनेजुएलाकी एक महिला स्तनमा लुकाएर यात्रा गर्ने क्रममा करीब ७१ हजार डलर मूल्य बराबरको कोकीन सहित कोलम्बिया बाट स्पेनको माड्रिड बिमानस्थलमा पक्राऊ परेकी छीन ।

उनले आफ्नो छातीमा डूब्लिकेट स्तन फिट गरेर दुई साइडमै कोकीन हालेर यात्रा गरेको रहस्योदघाटन भएको छ । प्रहरी लाई शंका लागेर बेग चेक गर्ने क्रममा ऊनको शरीर चेक गर्न महिला प्रहरीले डाक्टरमा लगे पछि उनले आफै बताएकी थिईन की आफ्नो शरीरमा कोकीन छ भनेर ।

ती महिला कोलम्बियाको बोगोटा बिमानस्थल हुदै स्पेनको माड्रिड बिमान स्थलहुदै गन्तब्यमा जादै थिईन । ब्रेस्ट इम्प्लांट मार्फ़त कोकीन लुकाएकी ती ४३ बर्षीय महिला लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.