के पूर्व प्रेमिकाहरु पनि विवाहमा देखा पर्नेछन् त ? को–को आउँदैछन् सलमानको बहिनीको विवाहमा ?



सलमान खानको परिवार आजकाल विवाहको तयारीमा जुटिरहेको छ । सलमानकी निकै प्यारी बहिनी अर्पिता खान हैदराबादस्थित आफ्नो घरमा विवाह गर्ने तयारीमा छिन् । खान परिवार अर्पिताको विवाहमा धेरैभन्दा धेरै मानिस बोलाउन प्रयासरत छन् । सलमानले पछिल्ला दिनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि निमन्त्रणा दिएका छन् तर सुरक्षाका कारण उनी विवाहमा सरिक हुन नसक्ने बताइएको छ ।   सलमानकी पूर्व प्रेमिकाहरु पनि विवाहमा देखा पर्नेछन् ।

संगीता बिजलानी, सोमी अली त आउने पक्का पक्की नै छ । साथसाथै कट्रिना कैफलाई पनि आमन्त्रित गरिएको छ । कट्रिना यो विवाहमा रणबीरसँग आउनेछिन् कि एक्लै आउनेछिन् , त्यो भने आउने समयले नै बताउँछ ।   खबरका अनुसार विवाहमा बच्चन परिवारलाई पनि निम्तो पठाइएको छ तर अमिताभ बच्चन मात्र विवाहमा सरिक हुने अनुमान गरिएको छ ।

ऐश्वर्या राय बच्चन त विवाहमा नआउने निश्चित नै छ ।   शत्रुघ्न सिन्हा र सोनाक्षी सिन्हालाई पनि अर्पिताको विवाहमा बोलाइएको छ । खान परिवार र सिन्हा परिवारको सम्बन्ध राम्रो भएका कारण उनीहरु विवाहमा सामेल हुने निश्चित छ ।   शाहरुखले त भनिसकेका छन् कि यदि उनलाई विवाहको निम्तो नआएको खण्डमा पनि उनी यसमा संलग्न हुन्थे ।

आमिर खान र किरण राव विवाहमा आउने सहमती दिइसकेका छन् ।   उनीहरुका साथसाथै सलमानका विशेष साथीहरु साजिद नाडियाडवाला, साजिद–वाजिद, डेविड धवन, अर्जुन कपुर, बोनी कपुर, सुरज बडजात्या, अनिल कपुर, सोनम कपुरलाई पनि निम्तो कार्ड पठाइएको छ । स्मरण रहोस्, अर्जुन र अर्पिता कुनै बेला निकै नजिक थिए ।

 सलमानले आफ्ना प्रिय हिरो धर्मेन्द्र र प्रिय हिरोइन हेमा मालिनीलाई विशेष रुपमा आमन्त्रित गरेका छन् । ईशा देवल र उनकी बहिनी आहाना पनि आउनेछन् । सनी र बबी पनि आउने सम्भावना रहेको छ ।   ज्याकलिन फर्नान्डिज, डेजी शाह, प्रियंका चोपडा पनि विवाहमा संलग्न हुने अनुमान गरिएको छ । उनीसँगै थुप्रै कलाकारहरु अर्पिताको विवाहमा संलग्न हुने बताइएको छ । (एजेन्सी)

 http://www.ratopati.com/2014/11/13/182078.html#sthash.Ev7AbhSR.41Weitan.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.