कमलपोखरीमा शंकास्पद बस्तु भेटियो....यातायात आवातजावतमा रोक


काठमाडौं, कार्तिक २७ । काठमाडौंको कमलपोखरीमा शंकास्पद बस्तु फेला परेको छ । कुमारी हलबाट पुतलीसडक निस्कने बाटोमा उक्त शस्कास्पद बस्तु भेटिएको हो ।
शंकास्पद बस्तु बम रहेको भन्दै स्थानीय तथा यात्रुहरु त्रसित भएका छन् । शंकास्पद बस्तु भेटिएको स्थानमा यातायातको साधनहरु आवातजावत रोक लगाइएको छ । आज विहान नौ बजे तिर स्थानीयले उक्त शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।


हाल उक्त स्थानलाई प्रहरी तथा सेनाहरुले घेराबन्दी गरेका छन् । सेनाको बम डिस्पोजल टोली पनि पुगिसकेको डिएसपी विनोद सिलवालले जानकारी दिए । केही समयमै उक्त बस्तु पत्ता लाग्ने उनले बताए ।

http://imagekhabar.com/samachar/detail/42988/29/.shtml#sthash.OJVxnXlf.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.