सार्क सम्मेलनः मोदीका कारण पसिना काड्दै सरकार


सार्क विशेषः हेडलाइन टिप्पणी ।

यतिबेला दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १८ औं सम्मेलनको तयारीमा सरकार जुटेको छ । सिंगो देश सार्क सम्मेलनको तयारीमा केन्द्रित भएको देखिन्छ। गृह मन्त्रालय शान्ति सुरक्षाको तयारीसम्बन्धी बैठकमा ब्यस्त छ भने परराष्ट्र मन्त्रालय व्यवस्थापनमा लागि परेको छ । सार्क सम्मेलनमा यो संगठनमा सदस्य रहेका ८ देशका सरकार प्रमुखहरु अतिथिकोरुपमा नेपाल आउँदैछन् । तर सार्क सम्मेलनको सम्पूर्ण तयारी भन्दा पनि सरकार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा केन्द्रित भएको जस्तो देखिन्छ । सरकारले चारैतिर गरेको तयारी भारतीय प्रधानमन्त्री मोदीमा केन्द्रित छ । हुन त सुरक्षा विश्लेषकहरुले सार्कमा आउने विशिष्ठ पाहुना मध्ये सबैभन्दा बढी सुरक्षा खतरा भारतीय प्रधानमन्त्री मोदीलाई नै भएको भन्ने गरेको भएपनि यो विश्लेषण निर्विविवाद छैन । कतिपयले यस्तो सुरक्षा खतरा मोदीलाई भन्दा बढि पाकिस्तानी प्रधानमन्त्री नवाज शर्रिफलाई भएको बताउँछन् । नेपालमा भारतसँग खुल्ला सिमाना रहेकोले कुनै भारतीय अतिवादी समूहले आफ्ना प्रधानमन्त्री नवाज सरिफमाथि आक्रमण गर्न सक्ने चिन्ता पाकिस्तानी दूतावासका अधिकारीहरुले व्यक्त गरेको प्रहरी अधिकारीहरु बताउँछन् । तर सम्पूर्ण तयारी मोदीमा केन्द्रित छ र मोदीको सुरक्षाको मात्र विषय नभएर सार्क सम्मेलनकै क्रममा मोदीले गर्ने भनिएको विभिन्न ठाउँको स्थलगत भ्रमण र उनले गर्ने भनिएका भाषणले देशभरी नै तरंग ल्याइरहेको छ ।



मोदीको तरंग र भाषण

यस अघि गत साउनमा नेपाल भ्रमणमा आउँदा संसदमा भाषण गरेर सेलिब्रेटी बनेका मोदीले अव भने संसदमा नभएर खुला सभामा नै भाषण गर्ने मनसाय देखाएका छन् । त्यसका लागि जनकपुरमा उनको भाषणका लागि त सरकारले तयारी नै थालेको छ । अघिल्लो नेपाल भ्रमणमा बानेश्वरका सडकमा ओर्लिएर सर्वसाधारणसँग हात मिलाएका मोदी यस पटक झनै नयाँ पन ल्याउन सडकमार्गबाट नै नेपाल पस्ने तयारीमा छन् । नेपालमा उनलाई विभिन्न ठाउँमा नागरिक अभिनन्दन गर्ने तयारी समेत गरिएको छ । नेपालप्रति विशेष भाव देखाउन मोदीले कुनै कसर बाँकि राख्ने छैनन् । तर यही उनको चाहाना ब्यवस्थापन गर्न भने नेपाल सरकारलाई पसिना आइरहेको छ । अघिल्लो पटक पशुपतिमा गएर आगन्तुक पुस्तिकाबाट विशेष सन्देश दिएका मोदीले आफ्नो धार्मिक छवि कायम गर्दै यस पटक जनकपुर मात्र नभएर बुद्ध जन्मेको लुम्बिनी देखि मुक्तिनाथ सम्म जाने तयारीमा छन् । मोदीले आफू पुगेको ठाउँमा भाषण समेत गर्ने चाहना देखाएपछि उनलाई भाषण गर्न दिने कि नदिने भनेर अन्यौलमा परेका सरकारी अधिकारीहरु उनको सुरक्षा ब्यवस्था मिलाउने विषयमा पनि चिन्तामा छन् । मोदीले जनकपुरमा भाषण मात्र गर्ने छैनन् उनले त्यहाँ स्कुले बालबालिका साइकल समेत बाँढ्ने कार्यक्रम छ । तर परराष्ट्रका अधिकारीहरुलाई मोदीलाई कुटनीतिक घेरामा सीमित गर्न सक्ने कि नसक्ने भनेर गमिरहेको बुझिन्छ ।


 http://www.nepaliheadlines.com/special-today/#sthash.2OuCqG8C.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.