‘युक्रेनका विद्रोहीहरुलाई सघाउन रुसले सेना र हतियार पठायो’


काठमाडौं, कार्तिक २७ । उत्तर एटलान्टिक सहयोग संगठन नेटोले पुर्वी युक्रेनका विद्रोहीहरुलाई सघाउन रुसले सेना तथा हतियार पठाएको आरोप लगाएको छ ।
नेटोका शिर्ष कमाण्डर जेनरल फिलीप ब्रिडलोभले पुर्वी युक्रेनको युद्धग्रस्त क्षेत्र डोनेट्स्कमा पछिल्लो दुई दिनसम्म रुसी बख्तरबन्द गाडीहरु प्रवेश गरेको देखिएको बताए । नेटो प्रमुख

जेनरल येन्स स्टोलटेनवर्गले पनि रुसलाई आप्mनो सेना फिर्ता बोलाउन अग्रह गर्नुभएको छ । तर रुसले भने नेटोको सम्पूर्ण आरोप अस्विकार गरेको छ ।
रुसी रक्षा मन्त्रालयले एक विज्ञप्ती जारी गरी युक्रेनी भुभागमा रुसी सेना प्रवेश नगरेको र विद्रोहीहरुलाई हतियार समेत उपलब्ध नगराएको स्पष्ट पारेको हो ।
यसैबीच, युरोपेली सुरक्षा तथा सहकार्य संगठनले पनि पुर्वी युक्रेनमा भारी मात्रामा बख्तरबन्द गाडीहरु र हतियार आपुर्ती भईरहेकोले थप युद्ध चर्किने अनुमान गरेको छ । रुस समर्थिक पृथक्तावादीहरुले जनमत संग्रह गरेपछि सो क्षेत्रमा तनाव झनै बढेको निकर्ष युरोपेली पर्यवेक्षकहरुको छ ।

http://imagekhabar.com/samachar/detail/42986/28/.shtml#sthash.Zj5VVMXi.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.