बैशालु उमेरमा निदाएपछि काउकुती लागेको समेत थाहा हुन्छ : गायिका मेलिना





काठमाडौं, कार्तिक २७ । उमेरले भख्खर टिनएज क्रस गरेकी गायिका मेलिना राई आजभोलि मायालुको मायांमा हराई रहेकी छिन् । बैशालु उमेरमा रहेकी राईलाई उनको प्रेमिले माया गर्छु भनेपछि उनी त्यसमै हराईरहेकी छिन् ।
प्रेमिलाई सम्झेर निदाउनु अघी उनलाई खुल्दुली मात्रै होइन निदाएपछि काउकुती लागेको समेत थाहा हुन्छ रे । त्यसैले उनि भन्छिन् ः मेरो जीन्दगीमा बहार नै छाएको छ ।
“हो यो सत्य हो” मेलिनाले भनिन्, “तर मेरो गीतका शब्दहरुमा मात्र । बहार नामक मेरो गीति एल्बमको टाईटल स¨ले यस्तै यस्तै भन्छ ।” डक्टर किरातको सोलो संगीत रहेको एल्बममा ६ ओटा गीत छन् ।
लव बुढाथोकी, जय किराति, भुपाल राई र गीता त्रीपाठीको शब्द रहेको छ । आधुनिक र सेन्टिमेण्टल दुबै किसिमका गीत समावेश एल्बमलाई नयाँमार्गी संगीत एकेडेमी एण्ड प्रोडक्सन प्रा.लि.ले बजारमा ल्याएको हो ।
एल्बम बजारमा ल्याउन करिब चार लाख खर्च लागेको बताउने राईले मायाँ मलाई धेरै बोलको गीतको म्युजिक भिडियो बनाईसक्नु भएको छ भने अन्य गीतको पनि म्युजिक भिडियो बनाउदै हुनुहुन्छ ।
“गीत अब सुन्ने मात्रै जमाना रहेन, हेर्ने पनि कुरा भयो ।” उनले भनिन्, तर, “लगानी उठाउन भने निकै गाह्रो छ । एल्बम बिक्नै छाड्यो । सिआरबिटी पिआरबिटीको पनि जमाना सकिए जस्तो छ । अब युटुव मात्र हो । त्यसबाट केही रिटन आयो भने मात्रै हो । हैन भने त स्टेज नै गायक गायिकाको आम्दानीको मुख्य स्रोत हो ।”
नेपाली संगीत उद्योगमा गला मात्र भएर नपुग्ने अनुभव संगालेकी राईसंग संचार माद्यमसम्म पुग्न पैसा र लिंक पनि चाहिने गरेको गुनासो छ । गीत संगीतको कोटरी भित्र नपर्ने अनाबश्यक गीतलाई पनि संचारमाद्यमले ठाउ दिइरहेकोमा उनको असन्तुष्टि छ । ५० भन्दा धेरै गीत रेकर्ड गराईसकेकी राईको बहार पहिलो सोलो एल्बम हो ।

http://imagekhabar.com/samachar/detail/42987/33/.shtml#sthash.hx66TBzT.xxO0zVwu.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.