एकको मस्तिष्कबाट अर्काको शरीरमा नियन्त्रण गर्न सकिने


brain to brainहाम्रो मस्तिष्कले शरीरमा नियन्त्रण गरिरहेको हुन्छ । हाम्रो आँखा अगाडी केही कुरा आउँदा आँख झिम्कन मार्गदर्शन दिइरहेको हुन्छ । जस्तै आगोको अगाडी हाम्रो हात पुग्यो भने हात आफैँ निकालिने होइन, हाम्रो मस्तिष्कको आदेश पछि हात निकालिन्छ । यो प्रकिया यति छिटो हुन्छ कि हामीले महसुस भने गर्न सक्दैनौैैं ।अमेरिकाको युनिर्भसिटी अफ वासिन्टन डि.सी का  अनुसन्धानकर्ताहरुले एकको मस्तिष्कबाट अर्काको शरीरलाई नियन्त्रण गर्न सकिने प्रविधि बनाउन सफल भएका छन् । छ जना मानिस संलग्न गराई सो अनुसन्धान गरिएको हो । एक–एक गरी ३ वटा समुह बनाई एउटा समुहका दुवैको टाउकोमा द्धारा तारहरु जडान गरि नियन्त्रण गरिएको थियो र एक अर्काले दुवैको शरीरलाई नियन्त्रण गर्न सकिने बनाइएको थियो । ८ सय मिटरको दूरी  रहेको एकको मस्तिष्कको आदेशको प्रतिक्रिया अर्काको शरीरमा १ सेकेन्ड पछि मात्र देखिएको थियो ।


,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.