मोबाइलबाट नै जलवायु परिवर्तनको सन्देश जान्न सकिने
काठमाडौँ। परम्परागत खेती प्रणालीबाट माथि उठ्न नसकेका साना किसानलाई जलवायु परिवर्तनसम्बन्धी सूचना दिएर आधुनिक खेती गर्न आकर्षण गर्ने उद्देश्यले वातावरणीय तथा सामाजिक व्यवस्थापन रुपरेखाको सारसङ्क्षेप तयार गरिने भएको छ ।
जल तथा मौसम विज्ञान विभागले पहिलो पल्ट किसानलाई मोबाइलमार्फत छोटा छोटा सन्देश सम्प्रेषण गरी उक्त कार्यको थालनी गर्न लागेको हो । जलवायु परिवर्तन र जोखिम व्यवस्थापनबाट जोगिन सम्बन्धित निकायलाई पूर्वसूचना दिने अभिप्रायबाट परियोजना अगाडि ल्याइएको हो ।
यहाँ आज आयोजना गरिएको जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाका बारेमा पत्रकारको अभिमत बुझ्ने र प्रतिबद्धता जाहेर गर्ने कार्यक्रममा विभागका नायब कार्यकारी निर्देशक सर्जुकुमार वैद्यले प्रकोप व्यवस्थापनका बारेमा किसानलाई तत्काल सूचना जारी गरिने
खाद्य सुरक्षाको प्रत्यायभूति गर्न कृषि व्यवस्थापन सूचना प्रणालीको स्थापना भइसकेको र उक्त कार्य कृषि विकास मन्त्रालयले सञ्चालन गर्दै आएको भए पनि प्रकोप विपत्तिका बारेमा सूचना उपलब्ध गराउने कार्य विभागले गर्ने भएको छ ।
कृषि व्यवस्थापन सूचना प्रणालीको स्थापनाले किसानले खेतबारीमा के र कस्तो अन्नबालीको खेती गर्ने भन्नेबारे सूचना जलवायु परिवर्तनको सन्देश मोबाइलमा प्राप्त भएपछि तय गर्न सक्ने छन् ।
यसअघि विभागले कोसी नदीको जोखिमबाट बच्न उक्त क्षेत्रका बासिन्दालाई सन्देश दिने कार्य मोबाइलमार्फत नै गरेको थियो । जलवायु परिवर्तनका कारणले समयमा वर्षा नहुने, कतै अतिवृष्टि र कतै लामो समयसम्म खडेरी पर्ने आदि कारणबाट किसान अक्रान्त बन्दै आएका छन् । अबदेखि उक्त जोखिमबाट किसानलाई जोगाउन स्थानैपिच्छेका सम्बन्धमा जलवायुसम्बन्धी तथ्याङ्क सङ्कलन गरी किसानका माझमा पुर्याइने भएको छ ।
जलवायु प्रकोप समुत्थान निर्माण आयोजना आगामी चार वर्षभित्र पूरा गरिसक्ने लक्ष्य छ । परियोजनाले विभागको क्षमता अभिवृद्धि तथा सुदृढीकरण, अवलोकन तथा भविष्यवाणी प्रणालीको आधुनिकीकरण वा प्रवाह प्रणालीमा सुधार आउने विश्वास गरिएको छ ।
विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालन हुन लागेको उक्त परियोजनाका लागि रु दुई अर्ब ९५ करोड खर्च हुने भएको छ । सोमध्ये कृषि क्षेत्रका लागि रु ५७ करोड विनियोजन भइसकेको छ । परियोजना सफल भएपछि प्रकोप व्यवस्थापन, जल तथा मौसम भविष्यवाणीमा सुधार, अध्ययन अनुसन्धान तथा तथ्याङ्कको विश्वसानीयतामा वृद्धिका साथै सकारात्मक प्रभावबाट कृषि उत्पादनमा वृद्धि हुने जानकारी विभागका पूर्वमहार्निदेशक आदर्शप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
जलवायु परिवर्तन र जोखिम व्यवस्थापनबाट जोगिन सम्बन्धित निकायलाई पूर्वसूचना दिने अभिप्रायबाट परियोजना सञ्चालनमा ल्याइएको हो ।
0 comments
Write Down Your Responses