उपकप्तान ज्ञानेन्द्र मल्लको सिंगापुरविरुद्ध शतक


काठमाडौ, कार्तिक ९ - नेपाली क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ३ मा सिंगापुर विरुद्ध शतक प्रहार गरेका छन् । जारी प्रतियोगितामा यो पहिलो शतक हो । मलेसियामा आइतबार भएको खेलमा उनले १२५ बलको सामना गर्दै ११४ रन बनाए ।

ज्ञानेन्द्रको शतक नेपाली खेलाडीले अन्तर्राष्ट्रिय वान डे म्याचमा प्रहार गरेको छैर्ठौ शतक हो । यसअघि पारस खड्का, सुबास खकुरेल, अनिल मण्डल, शक्ति गौतम, राजु खतिवडाले शतक प्रहार गरेका छन् ।


http://www.ekantipur.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.