मध्य रातमा किन गए ऋतिक सुजेनको घरमा

बलिउडका अभिनेता ऋतिक रोशन केही दिन यता चर्चामा छन् । पारपाचुके भैसकेकी पूर्व पत्नि सुजेनको घरमा मध्यरातमा पुगेपछि ऋतिक चर्चा र विवादमा तानिएका हुन् । फाइन्डिङ फ्यानीको रिलिज हुँदै गर्दा अचानक काम छोडेर ऋतिक सुजेनको घरमा पुगेपछि उनको चर्चा चुलिएको हो ।   ऋतिक मध्य रातमा सुजेनको घरमा पुगेर १ घण्टा सम्म बसेको बताइएको छ । तर उनीहरुबीच के कुरा Hrithik-Suzanneभयो वाHrithik-Roshans-wife-Suzane के भयो भन्ने स्पष्ट छैन । केही समय अघि मात्र ऋतिक र सुजेनबीच सम्बन्ध विच्छेद भएको थियो । सुजेन अहिले आफ्ना पितासँग नबसेर नयाँ घरमा बस्न थालेकी छिन् । उनले आफ्नो नामबाट रोशन थर समेत हटाइसकेकी छिन् । सम्बन्ध विच्छेदपछि उनीहरुका २ बै बच्चा सुजेनसँग छन् । ऋतिसँग सम्बन्ध विच्छेदको समयमा सुजेनले ४०० करोड मागेको चर्चा चलेको थियो ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.