प्रचण्डलाई उच्चस्तरीय समितिको संयोजक बनाउनुपर्छ : गगन थापा

काठमाडौं, आश्विन १९ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई उच्चस्तरीय राजनीतिक समितिको संयोजक बनाउनुपर्ने बताएका छन् । रिपोटर्स क्लबले राजधानीमा आइतबार गरेको साक्षात्कारमा थापाले दाहाललाई संयोजक बनाउँदा संविधान लेखनमा सकारात्मक प्रभाव पर्ने बताए ।

राष्ट्रिय राजनीतिमा दाहालले ठाउँ खोजेकोभन्दै उनले अरु दलहरु त्यसका लागि तयार हुनुपर्ने बताए ।

सोही कार्यक्रममा उद्योगमन्त्री तथा युवा संघका अध्यक्ष महेश बस्नेतले बढीमा सात प्रदेश बनाउने गरी संघीयतामा जानुपर्ने धारणा राखे ।

यस्तै, एकीकृत माओवादीका नेता अग्नि सापकोटाले बहुमतको बलमा प्रक्रियामा गएर संविधान बनाउन खोजे आफूहरुलाई मान्य नहुने बताए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयतालाई थाँती राखेर भएपनि संविधान जारी गर्नुपर्नेमा जोड दिए । - See more at: http://imagekhabar.com/samachar/detail/41982/61/.shtml#sthash.fPRjjiuR.dWvEP0JG.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.