५० जनालाई एकै लातमा ढाल्ने मात्र नायक हुन र ? दिपकराज गिरी

र्चित हास्यकलाकार एवं अभिनेता दिपकराज गिरी ले सामजिक सञ्जाल फेसबुकमा आक्रोश पोख्दै स्टाटस अपडेट गरेका छन । स्टाटसमा उनले नायकको विषयमा खुलेरै आक्रोश पोखेको देखिन्छ । उनले लेखेका छन – ‘को नायक ? १० तल्ला माथिबाट डोरीको साहाराले हामफाल्ने र तरुनीसँग नाच्ने? ५० जना गुण्डालाई एकै लातमा ढाल्ने ती मात्र हुन र नायक ?’Deepak_raj_giriवास्तवमा चर्चित सञ्चारकर्मी तथा लेखक विजयकुमारको आत्माबृतान्त खुशी समावेश ‘खित्खिते’ शब्दबाट असन्तुष्ट हुदै दिपकले यस्तो लेखेका हुन । विजयकुमारले आफ्नो पुस्तक खुशीमा टेलिभिजनका हास्य कार्यक्रमहरुलाई ‘खित्खिते कार्यक्रम’ भनेका थिए । त्यस्तै हास्य कलाकारहरुलाई ‘खित्खितेहरु’ भनेर उल्लेख गरेका थिए । यहि ‘खित्खिते’ भनिएको विषयलाई लिएर दिपकले आफ्नो अभिब्यक्ति दिएका हुन । अभिब्यक्तिमा दिपकले अन्य थुप्रै विषय र प्रसंग समेटेका छन । हेर्नुहोस जस्ताको तस्तै उनको अभिब्यक्ति :
आज म लेख्दैछू….।
बिजयकूमारजी ले आफ्नो किताब खुशि मा लेखेका छन रे” television खित्खिते ( हास्य) कार्यक्रमहरूले भरिए, यो देश त्यस्तो देश हो जहाँ नायक भन्दा खित्खितेहरू( हास्य कलाकार)चर्चित भए भनेर चिन्ता ब्यक्त गर्नु भएछ….बिचरा बिजयजी…
सबै खित्खिते एउटै हुन्नन, सबै खित्खिते कार्यक्रम खराब हुन्न, तपाइको भाषामा मदनकृष्ण दाइ र हरिबंश पनि खित्खिते नै भए, जसलाइ आजको मितिमा सबैभन्दा बढी सम्मान गर्छन नेपालीहरूले। नायकहरूको राज भएकको हेर्न चाहनु भएको रहेछ, को नायक? १० तल्ला माथिबाट डोरीको सहाराले हामफाल्ने र तरूनी सँग बगैचामा नाच्ने? ५० जना गुन्डालाइ एकै लातमा ढाल्ने ती मात्र हुन् र नायक?
म ती नायकलाइ पनि गालि गर्दिन किनकि संसारमा सबैको पेशा महत्वपूर्ण र चूनौतीले भरिएको हुन्छ। अरूको अस्तित्वलाइ कमिलो देख्ने पढे लेखेका ढोंगीहरूको देश भयो यो,
तपाइलाइ पनि कसैले सोधपूछे कार्यक्रम चलाये भन्यो भने के हुन्छ? अन्तरबार्ता लिनु त्यहि सोधपूछ त हो, अरूले गरेको काम लाइ तपाइले के गर्नु भो कसरी गर्नु भो सोध्ने, यस्मा तपाइले के गर्नु भो र? तर म त्यसरि सोच्दिन तपाइको पेशा पनि संबेदनशील छ,
जस्ले अरूको पेशालाइ सम्मान गर्दैन उस्ले आफ्नो पेशालाइ पनि न्याय गर्दैन,
जस्लाइ तपाइ खित्खिते भन्नु हुन्छ हामि त्यस्लाइ हास्यब्यड़ग्य भन्छौ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.