काठमाडौं,१९ भदौ । अमेरिकाले नेपालका लागि तीन नयाँ कार्यक्रम घोषणा गर्दै त्यसका लागि ७ करोड अमेरिकी डलर छुट्ट्याएको छ ।
काठमाडौंमा आयोजित ‘रिजिलियन्स सम्बन्धी बैठकले हिजो यस्तो कार्यक्रम घोषणा गरेको हो ।
अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग युएसएआइडीमार्फत दिइने उक्त सहयोगले प्राकृतिक विपत तथा अन्य तनावबाट समुदायलाई सामान्य स्थितिमा छिटो फर्कन मद्दत गर्ने जनाइएको छ ।
‘ज्यान बचाउने र जीवनस्तर सुधार गर्ने,समावेशी आर्थिक वृद्धि गर्ने तथा मानवीय सहायताको आवश्यकतालाई न्यून गर्ने कार्यक्रमको लक्ष्य भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अमेरिकी सहयोगमा सञ्चालन हुने तीन नयाँ कार्यक्रममा सामुदायिक उठनशीलता, बाढीसम्बन्धी पूर्वसूचना र विज्ञान तथा प्रविधि प्रतियोगिता रहेका छन् । सामुदायिक उठनशीलता कार्यक्रमले खाद्य तथा पोषण सुरक्षासम्बन्धी प्रयासलाई स्वीकृत गर्नेछ । ५० लाख मानिसले उक्त कार्यक्रमबाट लाभ लिन सक्ने विश्वास लिइएको छ ।
अमेरिकाले नेपालका लागि तीन नयाँ कार्यक्रम घोषणा
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses