अल कायदाले खोल्यो भारतमा शाखा, एशियामा गतिविधि बढाउने
काठमाडौं, भाद्र १९ । आतंकवादी संगठन अल कायदाले दक्षिण एशियामा इस्लामिक गतिविधि बढाउने प्रयास स्वरुप भारतमा शाखा खोलेको छ । अल कायदा प्रमुख आयमन अल जवाहरीले एउटा भिडियो सन्देशमार्फत यस्तो जानकारी गराएका छन् ।
यो घोषणासँगै दक्षिण एशीयाली राष्ट्रहरुमा मुस्लिम अतिवादी गतिविधि बढ्ने खतरा देखिएको छ । ५५ मिनेट लामो
भिडियो सन्देशमा जवाहरीले अफगानिस्तानका तालिवान नेता मुल्लाह ओमारको प्रशंशा गरेका छन् ।
सन्देश मार्फत जवाहरीले मुस्लिम राष्ट्रहरुलाई आप्mनो सम्प्रभुता र धर्मका खातिर शत्रुहरुसँग लड्न उक्साएका छन् । जवाहरीको यो सन्देशलाई विश्लेषकहरुले भने अर्को मुस्लिम अतिवादी समुह ईस्लामिक स्टेट अर्थात आई.एस विरुद्धको प्रतिक्रिया भनेका छन् ।
ईराक र सिरीयाको सिमावर्ती भुभागलाई आधार बनाएको आई.एस पछिल्लो समुह विश्वकै सबैभन्दा कठोर र बलियो समुहको रुपमा उदाएको छ । मुस्लिम धर्मयुद्ध जिहादलाई अघि बढाउने सन्दर्भमा आई.एस र अल कायदाविच आपसी द्धन्द्ध रहेको बताईन्छ ।
0 comments
Write Down Your Responses