यसकारण चाहिन्छ राजसस्था.--.बिचार

swayambhu karki
स्वयम्भुनाथ कार्की
हुनत वर्तमानमा राजा र राजतन्त्रको के कुरा राज शव्द नै सुन्न र उच्चारण गर्न पनि नचहानेहरुको डा“को नेपालमा ठुलो भएको छ । तर यदि कुनै कुरा सुन्न पनि नचहाने हो भने त्यसले त्यो कुराको गुण त थाहा पाउन्न नै दोष पनि थाहा पाएको हुदैन । यस्तो कुनै बिषयको शव्द पनि सुन्न नचाहाने प्रवृत्ति वास्तवमा कमजोर मनस्थितिको परिणाम हो । यदि त्यसको बारेमा जानियो भने आफ्ना तर्क र मान्यताहरु खतरामा पर्लान भन्ने डरले सताएको प्रमाण हो ।   विरोधको वलियो कारण भएकाले आफुले विरोध गरेको कुरा सुन्न र बुझ्न संकोच गर्दैनन, बरु जति धेरै सकिन्छ धेरै जानकारी लिने प्रयत्न गर्दछन । राजतन्त्र शव्द संग चिठिनु आवश्यक छैन, किनभने जति पनि किसिमका राज्य प्रणाली, शासकिय स्वरुपहरु थिए, छन र हुनेछन ती सबै राजतन्त्र कै परिवर्तित रुपहरु हुन । राजा मुलुकको सर्वोच्च पद हो, जहा“ राजा छैनन त्यहा पनि कुनै न कुनै सर्वोच्च पद श्रृजना गरिएको नै छ । राजा व्यक्ति कहिले पनि होईन यो संस्थाको नेतृत्व गर्ने पद हो जो अन्य धेरै सहयोगीहरुको साथमा मुलुकमा सुव्यवस्था कायम राख्छ, अन्याय अत्याचार हुन दिदैन अनि समृद्ध मुलुक बनाउन हमेशा प्रयत्नशिल हुन्छ ।   जुनसुकै व्यवस्था, प्रणाली, वाद सबैको आधारभूत न्यूनतम मान्यता र अवधारणा यिनै हुन । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, आदि जुनै पनि तन्त्र हुन कसैले पनि यी मान्यता हामीमा लागु हुन्न भन्ने हिम्मत गर्दैन । साम्यवाद, पु“जीवाद, समाजवाद जे सुकै वाद हुन मुलभूत कर्तव्य र लक्ष यिनै हुन । यी मान्यताहरुको वर्खिलापमा जाने सबै कर्तव्यच्यूत भएको मानिन्छ । कल, छल बल आदिले केहि समय कसैले मनोमानी गरे पनि कालान्तरमा त्यसो गर्ने तिरस्कृत हुन्छ नै । जसरी कोहि जिम्मेवारीबाट च्यूत भयो भन्दैमा प्रणाली नै च्यूत भएको मानिदैन त्यसै गरेर राजतन्त्र पनि व्यक्तिको व्यवहारले अछुत मानिन हुदैन । अव प्रश्न उठछ त्यसो भए यी अलग अलग तन्त्र किन विकसित भए त ? के आवश्यकता भयो र तन्त्र थपिदै गए ? यसको उत्तर हो देश, काल, परिस्थितिले यी कुरा आवश्यक भए ।   यो उत्तर जति सहज छ व्याख्या त्यति नै विकट र विस्तृत हुन्छ । काम, कर्तव्य र अधिकारमा समानता भए पनि सर्वोच्च पदमा पुग्ने प्रक्रिया सबै जसो तन्त्रमा अलग अलग हुन्छ । एउटै तन्त्रमा पनि अलगअलग स्थानमा अलग अलग प्रक्रिया देख्न पाईन्छ । जहा“ प्रजातान्त्रिक गणतन्त्रमा सिद्धान्ततः कोहि पनि नागरिकले त्यो स्थान हसिल गर्न सक्छ भने साम्यवादी गणतन्त्रमा (चल्तीको भाषामा जनवादी गणतन्त्र ) निश्चत मापदण्ड पुरा गरेको र पुरानोले पनि पत्याएको हुनु पर्दछ । राजतन्त्रमा उत्तराधिकारी तोकिने भएकाले साम्यवादी गणतन्त्र संग पुरानोले पत्याउनु पर्ने कुरा मिल्न जान्छ । राजतन्त्रमा उत्तरधिकार वंश परंपरामा जान्छ , वंश परंपरा तोडियो भने त्यो किन तोडियो भन्ने कुरा प्रष्ट गर्नुपर्ने हुन्छ । जनवादी गणतन्त्रमा वंशमा उत्तराधिकार गयो भने किन भन्ने प्रश्न पैदा हुन्छ तर यो धेरैजसो वेला बाहिर आउने गर्दैन । अमेरिका जस्ता मुलुकहरुको कुरा नगर्ने हो भने अन्तका सबै गणतन्त्रमा उत्तराधिकारी अनौपचारिक रुपले घोषित भई सकेको हुन्छ । राजतन्त्रमा वंश एउटै मात्र हुन्छ तर यस्ता गणतन्त्रमा जति नै जनता सर्वशक्तिमान भने पनि केहि वंशहरुको अघोषित वचश्व हुने गर्दछ ।   कुरो अलि अमुर्त जस्तो भएकोेले यसलाई केहि सरल गर्दा सामान्यतया दक्षिण एसियामा हरेक जसो दलका ठुला नेताहरुको घराना अघोषित राजवंश जस्तै हुने गर्दछन । श्रीमानको मृत्यु पछि श्रीलंकामा उनकी श्रीमतिलाई सत्ता सुम्पिइयो । नेहरुको मृत्युको केहि समय पछि उनकी छोरीले सम्हालेको सत्ता त्यसपछि छोरीको छोराले सम्हाल्न पुगे । यस भेकमा जनतामा व्यक्तिवंश पुजाको मानसिकता छ , त्यसैले बंगलादेशमा शेख हसिना वाजेद, खालिदा जिया , पाकिस्थानमा बेनजिर भुट्टो र त्यसपछि उमेर नपुगे पनि उनको छोरा विलावल जरदारीलाई विलावल भुट्टो भनेर उत्तराधिकार घोषणा गरिएको घटना ताजै छ । यसरी कहिले यो परिवारबाट फलाना र कहिले उ परिवारबाट चिलानाहरुको सत्तारोहण एक प्रकारको अवैधानिक राजतन्त्र नै हो । नेपाल पनि यसबाट अछुतो छैन, आ“खा कान खोलेर हेर्ने सुन्ने हो भने सत्ताका दावेदारहरु कुन कुन परिवारबाट कुन कुन नाताका तैयार हुदैछन त्यो थाहा पाउन कठिन छैैन ।   नेपालले यस्तो विभिन्न परिवारमा छरिएर रहेको अर्धवैधानिक राजतन्त्र एक शताव्दी भन्दा ज्यादा श्री ३ महाराजको रुपमा भोगिसकेको छ । कुनै वैधानिक दायित्व बोक्न नपर्ने परिवारहरुबाट उत्तराधिकारी आउन थाल्दा गैर जिम्मेवार अवैैधानिक राजवंशहरुको विगविगी हुन्छ । यस्ता वंशहरु एक अर्कासंग समन्वय भन्दा ‘लडाई र प्रेममा सबै जायज छ’ भन्ने सिद्धान्त फलाक्दै प्रतिस्पर्घामा उत्रन्छन । उनीहरु विचको यो संघर्षले जनताको निमित्त रौरव नर्कको वातावरण तैयार गर्छ जो जीवनकाल मै भोग्नु पर्दछ । फेरी यो दशक पुग्ने ध्याउन्नमा लागेको गणतन्त्रमा वैधानिक नारायणहिटी कुना लागेको छ । तर त्यसको सबै जसो कुरा लिएर शितलनिवास राजतन्त्र बोकेर बढि रहेको छ । राष्ट्रपतिले आङ्खनो भाव भगिमा, भेषभुुषा, बोलीचाली मात्र हैन राजतन्त्रको राजाले औपचारिक गर्ने काम पनि गर्दैछन । अर्थात राष्ट्रपति नेपालमा राजतन्त्रको बदला गणतन्त्र भएर आएको हैन व्यक्ति र पदको नाम मात्र परिवर्तन भएको हो ।   धर्मनिरपेक्ष गणतन्त्रको राष्ट्रपति पदले दशैको टिका बक्सनेदेखि भोटो जात्रासम्मको हिन्दु राजाको निरन्तरता कायम राखेको छ । जवसम्म नेपालमा व्यक्तिवंश पुजाको मानसिकता कायम रहन्छ तर वैधानिक राजतन्त्र रहन्न तबसम्म यस्ता अवैधानिक राजतन्त्रहरु कायम रहन्छ जसको कुनै उत्तरदायित्व छैन । त्यसैले उत्तरदयित्व सहितको एक वैधानिक राजतन्त्रको उपस्थितिमा मात्र नेपालीले कष्ट भोग्नु पर्दैन । वैधानिक राजतन्त्रले उत्तदायित्व वहन गर्नैपर्दछ, त्यसले योग्यता र क्षमता देखाउनै पर्दछ । विचमा आएको सर्वशक्तिमानको अनुभव भ्रम रहेछ भन्ने सावित भई सकेको छ, यदि सर्वशक्तिमान हुने भएको भए वर्तमानमा निलम्वन जस्तो अवस्था भोग्नु पर्ने थिएन भन्ने कुरा भुल्न सकिने कुरा हैन । तर वर्तमान व्यवस्था भनेको ‘माछा देख्दा पानी हात, सर्प देख्दा पाखा हात’ गर्ने वैधानिक अधिकार सहितको अवैधानिक राजतन्त्र नै हो जो जनताको निमित्त हानिकारक छ । - See more at: http://nepaliheadlines.com/2014-09-05-13-50-42.html#sthash.UqmejLvW.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.