टोक्यो,२० भदौ । जापानमा सँगै यात्रा गरिरहेकी एक युवतीको फोटो मोबाइल फोनमा खिचेको अभियोगमा विहीवार एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कावासाकी सिटीका ४० वर्षीय ती बुज्रुकले आफ्नो छेउमा रहेकी एक तरुनी युवतीको फोटो खिचेका थिए । पूरै लुगाले ढाकिएकी ती युवतीको तस्वीर उनले किन खिचे भन्ने बारे केही नखुले पनि युवतीले प्रहरीलाई त्यसबारेमा खबर गरेपछि उनी पक्राउ परेका थिए । ती व्यक्तिले मोबाइलबाट खिचेको युवतीको तस्वीरमा अश्लिलता झल्किने कुनै कोण नभए पनि सहमति विपरित तस्वीर लिएको अभियोगमा उनीमाथि कारवाही हुने भएको छ ।
मोबाइल फोनमा सर्वप्रथम क्यामेरा प्रयोग गरेको जापानले नै हो । उसले सन् २००० मा पहिलोपटक क्यामेरा सहितको मोबाइल प्रयोगमा ल्याएको थियो । तर पछिल्लो समयमा मोबाइल क्यामेराको दुरुपयोगका घट्ना बढ्दै गएपछि जापान प्रहरीको टाउको दुखाइ बनेको छ ।
मोबाइलबाट तरुनीको फोटो खिच्ने एक जापानी पक्राउ
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses