प्रहरी हाकिम नै लुकिछिपी अश्लिल भिडियो खिच्ने धन्दामा

पछिल्लो समयमा  आपराधिक क्रियाकलापमा वृद्धि हुदै आएको छ । जापानमा एक प्रहरी हाकिम नै लुकिछिपी अश्लिल भिडियो खिच्ने धन्दामा

त्यस्ता आपराधिक कर्ममा सुरक्षाकर्मीको समेत संलग्नता हुने गरेको कानागावाको एक घट्नाले पुष्टि गरिदिएको छ । जापानको कानगावा प्रहरीले लुकीछिपी महिलाको अश्लिल भिडियो खिच्ने आफ्नै एक प्रहरी अधिकृतलाई नियन्त्रणमा लिएको छ । ४६ वर्षीय ती प्रहरी अधिकृतलाई नुहाउँदै गरेकी एक महिलाको भिडियो आफ्नो मोबाइलबाट खिचिरहेको अवस्थामा प्रहरीले रंगेहात पक्राउ गरेको हो ।

प्रहरीका अनुसार अकिरा यानागिदा नाम गरेका उक्त प्रहरीले गत जुन २१ के राति फुजिसावामा अवस्थित एक महिलाको अपार्टमेन्टमा घुसेर लुकीछिपी भिडियो खिचेका थिए । बाथरुममा नुहाइरहेकी ती महिलाको नग्न भिडियो यानागिदाले झ्यालबाट खिचेको बयान दिएका छन् । ती महिलाको अपार्टमेन्ट पहिलो तल्लामा थियो । यानागिदाले अन्दाजी ३० वर्षीया ती महिलाको झण्डै ५ मिनेट लामो भिडियो फुटेज खिचेका थिए । 

तिनै यानागिदाले जुन ३० मा फेरि अर्की महिलाको नग्न भिडियो खिच्न लाग्दा प्रहरीले पक्राउ गरेको हो । आफ्नै बाथरुममा नुहाइरहेकी ती महिलाले कसैले झ्यालबाट भिडियो खिचिरहेको देखेपछि थाहा नपाए जस्तै गरी प्रहरीलाई खबर गरैकी थिइन् । त्यसपछि आएको प्रहरीले मोटर यानागिदालाई रंगेहात पक्राउ गरेको थियो । 

प्रहरीले अनुसन्धानका क्रममा उनको मोबाइल फोनबाट जुन् २१ को घट्ना पनि खुलेको हो ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.