काठमाडौं, कार्तिक १२ । नेपाल आइसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’मा उक्लिएको छ । मलेसियामा भएको आइसीसी विश्व क्रिकेट लिग डिभिजन ‘थ्री’को समूह चरणको आफ्नो अन्तिम खेलमा विजयी हुँदै नेपाल पुनः डिभिजन ‘टु’मा उक्लिएको हो ।
वर्षाले प्रभावित प्रतियोगिताको अन्तिम खेलमा बुधबार नेपालले ‘डकवर्थ लेविस’ नियमका आधारमा आयोजक मलेसियालाई ३६ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालसमक्ष मलेसियाले १ सय ४३ रनको लक्ष्य पस्किएको थियो । मलेसियाले ४३ दशमलव ३ ओभरमा सबै विकेट सकाउँदै १४२ रन मात्र जोडेको हो ।
नेपालका लागि कसिलो बलिङ गर्नेक्रममा चार विकेट कप्तान पारस खड्का एक्लैले लिए भने भुवन कार्कीले तीन, शक्ति गौचनले दुई र सागर पुनले एक विकेट लिए ।
जवाफी ब्याटिङ थालेको नेपालले वर्षाले खेल अवरुद्ध हुनुपूर्व २५ ओभरमा २ विकेट गुमाएर ८९ रन जोडेको थियो । नेपालका नरेश बुढाऐरले अविजित ४२ रन बनाए भने उपकप्तान ज्ञानेन्द्र मल्ले ३५ रनको योगदान दिए ।
imagekhabar.com
फुटबलको क्षेत्रमा निकै चर्चित डियगो म्यारोडोना फेरि अर्को विवादमा तानिएका छन् । आफ्नी पूर्व प्रेमिकालाई हातपात गरेको उनको विवादास्पद भिडियो केहि दिन अगाडि मात्र सार्वजनिक भएको छ ।
३० सेकेन्डको उक्त भिडियो गत सोमबार अर्जेन्टिनाको एक स्थानीय टेलिभिजन कार्यक्रममा सार्वजनिक गरिएको थियो जसलाई म्याराडोनाकी पूर्व प्रेमिका रोसियो ओलिभियाले आफूमाथि हातपात भएको मोबाइलमार्फत गोप्य रुपमा कैद गरेकी थिइन् ।
स्पष्ट रुपमा मातेको देखिएका म्याराडोनाले केहि नबुझ्ने शब्दहरुको उच्चारण गर्दै ओलिभियालाई आफ्नो फोन प्रयोग गरेको निहुँमा गाली गर्दै उनीमाथि हातपात गरेको बुझिएको छ । उक्त भिडियो अनुसार ५३ वर्षीय म्याराडोना ‘अझै मेरो मोबाइल हेरिरहेको छौ ?’ भन्दै ओलिभिया नजिकै जान्छन् । उनको प्रतिकार गर्दै ओलिभियाले भन्छिन्, ‘के मैले हेर्न हुँदैन त ?’ म्याराडोनाको उग्र रुप देखेर उनले तत्कालै भनिन्, ‘रिसाउन बन्द गर’ यति भन्दा भन्दै
म्याराडोनाले आफ्नो दाहिने हातले ओलिभियामाथि दुई झापड हाने । तत्पश्चात आफूलाई कुट्न बन्द गर भन्दै ओलिभियाले गरेको याचना स्पष्ट रुपमा सुनिन्छ । म्याराडोनाको यस्तो व्यवहार यो पहिलो पटक भने होइन । केहि महिना पहिले मात्र उनले एक पत्रकारलाई भेरोनिका ओजेडामाथि आँखा झिम्काएको भन्दै थप्पड हानेका थिए । (एजेन्सी)
www.ratopati.com

सुरेश भुसाल/राजकुमार
११ कात्तिक, क्वाललाम्पुर । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीमा नेपालले अमेरिकाविरुद्ध जित हात पारेको छ । वर्षाका कारण प्रभावित खेलमा डीएल मेथोडका आधारमा नेपाल १० रनले विजयी घोषणा भएको हो ।
जितसँगै नेपाल ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ र डिभिजन टूमा पुग्ने सम्भावना निकै बलियो भएको छ । समूह चरणको अन्तिम खेलमा भोलि घरेलु टोली मलेसियासँग खेल्नेछ ।
अर्को खेलमा अमेरिका र सिंगापुर तथा युगाण्डा र बर्मूडा भिड्नेछन् । अब नेपाल मलेसियासँग ठूलो अन्तरले पराजित भएको अवस्थामा मात्र डिभिजन टूमा जानबाट रोकिनेछ । तर, अहिले मलेसियामाथि नेपाल हावी हुँदै आएको छ । प्रिमियर लिगमा भएको भेटमा नेपालले मलेसियालाई हराएको थियो ।
नेपाल मलेसियाँसँग पराजित हुने र सिंगापुरले अमेरिकालार्इ ठूलो अन्तरले पराजित गरेको अवस्थामा पनि नेपाललार्इ बढुवामा अवरोध हुन सक्छ ।
वर्षाको अबरोध र नेपालको जित
किनरारा ओभलमा अमेरिकाले प्रस्तुत गरेको २२४ रनको लक्ष्य पछ्याएको नेपालले २२ ओभरमा १ विकेट गुमाएर ७३ रन बनाउँदा वर्षा भयो । लगातारको वर्षाका कारण स्थानीय समय अनुसार साँझ ५ बजेसम्म पनि खेल सुरु हुन नकसेपछि नेपाल डीएल मेथोडका आधारमा नेपाल १० रनले विजयी भयो ।
नेपालले पहिलो विकेट भने पहिलो ओभरको अन्तिम बलमा मात्र एक रन जोड्दा गुमाएको थियो । नेपालको पारी सुवास खकुरेल र उपकप्तान ज्ञानेन्द्र मल्लले सम्हाले ।
सुवास ४९ रनमा अविजित रहे भने ज्ञानेन्द्र २२ रनमा । पानीले खेल रोकिनु अघि सुवासले दुई चौकासहित ९ रन लिएका थिए । जसले पानीले खेल रोकिएको अवस्थानमा डक वर्थ लुइस मेथोडमा नेपालको जित सम्भव भयो ।
यसअघि पहिले व्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२३ रन बनाएको थियो । उसका लागि बाबरले ५९ रन बनाए भने पटेलले ३९ र टेलरले ३६ रन जोडे ।
नेपालका शक्ति गौचनले १० ओभरमा ३० रन दिएर ३ विकेट लिए । सागर पुन र बसन्त रेग्मीले समान २/२ विकेट लिए ।
- See more at: http://www.onlinekhabar.com/2014/10/200556/#sthash.U8PSa4N9.dpuf
काठमाडौं, कार्तिक १० । दक्षिण अफ्रिकाको फुटवल टीमका कप्तानको गोली हानी हत्या गरिएको छ । दक्षिण अफ्रिकाली टीमका लागि गोलकीपरसमेत रहेका सेनजो मेयीवाको हत्या उनकै गर्लफ्रेण्डको घरमा गरिएको हो ।
घटना जोहानसवर्गको दक्षिणमा रहेको वोसलूरुसस्थित प्रेमीको घरमा प्रहरीले जनाएको बीबीसीमा खबर छ । २७ वर्षीय सेन्जो मेयीवा ओरलांडो पाइरेट्सका तर्फबाट खेल्ने गर्दथे । हत्या कसरी कस्ले गर्यो भन्नेबारे विस्तृतमा खुलेको छैन ।
http://imagekhabar.com/samachar
काठमाडौं: मलेसियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन 'थ्री' प्रतियोगिताको तेस्रो खेलमा नेपालले सिंगापुरलाई १९० रनको फराकिलो अन्तरले पराजित गरेको छ । आइतबार बिहान मलेसियाको वायुमास ओभल मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले दिएको २६४ रनको लक्ष्य पच्छ्याएको सिंगापुर २१.४ ओभरमा अलआउट हुँदा ७३ रनमा सीमित हुन पुग्यो ।
सिंगापुरलार्इ फराकिलो हार चखाउन नेपालका लागि किशोर खेलाडी सोमपाल कामी एक्लैले ४ विकेट लिए। उनले १० ओभर बलिङ गर्दै ४१ रन खर्चेर ४ विकेट लिएन सफल भए । नेपालका लागि बसन्त रेग्मीले पनि ४ विकेट लिए।रेग्मीले ५.२ ओभर बलिङ गर्दै मात्र ६ रन खर्चेर ४ विकेट लिएका हुन् ।त्यसैगरी अमृत भट्टरार्इले ५ ओभर बलिङ गर्दै १९ रन खर्चेर २ विकेट लिए ।
सिंगापुरविरुद्द टस हारेर ब्याटिङ गरेको नेपालले पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २ सय ६३ रन बनाउन सफल भएको थियो ।
ज्ञानेन्द्रको सतक
बलिङमा किशोर खेलाडी सोमपाल कामी चम्किँदा ब्याटिङमा उपकप्तान ज्ञानेन्द्र मल्लले जादु देखाए । नेपालको शानदार जितको आधार उनैको सतकले तयार पारेको थियो । उत्कृष्ट पारी खेलेका उनले १२५ बलको सामना गर्दै ११४ रनको सानदार स्कोर बनाए ।
नेपालका लागि शरद भेष्वाकरले २५ रन बनाएर नेपालको स्कोर बढाउन मद्दत गरे । बसन्त रेग्मी र सागर पुनले समान २१ रन बनाए । त्यसैगरी कप्तान पारस खड्काले १४ रन बनाए। विनोद भण्डारीले ८, सोमपाल कामीले ६, शक्ति गौचनले ५ रन र अमृत भट्टराईले ६ रन बनाउन बनाए।
सिंगापुरका लागि अजमज महबुबुले ९ ओभर बलिङ गर्दै ४७ रन खर्चेर ४ विकेट लिए। यस्तै मुलेवा धर्मिचन्दले १० ओभर बलिङ गर्दै ३१ रन खर्चेर ३ विकेट लिए। त्यसैगरी अनिश पारमले १० ओभर बलिङ गर्दै ६६ रन खर्चिदै २ विकेट लिए।
पहिलो खेलमा युगान्डासँग २० रनले हारेको नेपालले दोस्रो खेलमा बर्मुडालाई ८ विकेटले पराजित गरेको थियो। सिंगापुरबिरुद्द जित निकालेपछि नेपाललार्इ अघि बढ्न सहज भएको छ । ६ देश सहभागी डिभिजन ‘थ्री'बाट शीर्ष दुई टोली डिभिजन 'टु'मा पुग्दा पुछारका दुई टिम डिभिजन 'फोर'मा झर्ने छन्। अब नेपालले सोमबार अमेरिकासँग र बुधबार मलेसियासँग खेल्नेछ।
annapurnapost.com
काठमाडौ, कार्तिक ९ - नेपाली क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ३ मा सिंगापुर विरुद्ध शतक प्रहार गरेका छन् । जारी प्रतियोगितामा यो पहिलो शतक हो । मलेसियामा आइतबार भएको खेलमा उनले १२५ बलको सामना गर्दै ११४ रन बनाए ।
ज्ञानेन्द्रको शतक नेपाली खेलाडीले अन्तर्राष्ट्रिय वान डे म्याचमा प्रहार गरेको छैर्ठौ शतक हो । यसअघि पारस खड्का, सुबास खकुरेल, अनिल मण्डल, शक्ति गौतम, राजु खतिवडाले शतक प्रहार गरेका छन् ।
http://www.ekantipur.com
काठमाडौं, कार्तिक ७ । मलेसियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन ‘थ्री’ प्रतियोगिताको दोस्रो खेलमा नेपालले बर्मुडामाथि शानदार जित दर्ता गरेको छ । १ सय १ रनको लक्ष्य नेपालले ११ दशमलव १ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो ।
नेपालको जितमा विनोद भण्डारीले अविजित ४३ रन बनाए । यस्तै, सुवास खकुरेलले ३० रन बनाएको नेपाली इनिङमा कप्तान पारस खड्काले अविजित १४ रनको योगदान दिए ।
यसअघि क्वालालम्पुरको सेलाङ्गोर टर्फ क्लबमा शुक्रबार बिहान टस हारेर ब्याटिङको निम्तो पाएको बर्मुडाले ४० ओभर १ बलमा अलआउट हुनुपूर्व सय रन मात्रै बनाउन सक्यो । बर्मुडाको लागि क्रिश्चियन बर्गेसले २८ रन तथा ट्रे माण्डर्सले २१ रनको योगदान दिए ।
बलिङतर्फ नेपालका अमृत भट्टराई, बसन्त रेग्मी र शक्ति गौचनले २–२ विकेट लिए ।
६ टोली सहभागी डिभिजन ‘थ्री’बाट शीर्ष दुई टोली डिभिजन ‘टु’मा पुग्दा पुछारका दुई टिम डिभिजन ‘फोर’मा झर्नेछन् ।
http://imagekhabar.com

काठमाडौं, कात्तिक ७ -मलेसियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन थ्री मा शुक्रबार नेपाल बर्मुडासँग प्रतिष्पर्धा गरिरहेको छ । मलेसियाको सेलेङगर ट्रफ क्लबमा चलिरहेको खेलमा नेपालले टस जितेर बर्मुडाविरुद्ध बलिङ गरिरहेको छ । पछिल्लोस्थितिमा आठ ओभरको खेल सकिँदा बर्मुडाले १ विकेटको क्षतिमा २८ रन जोडेको छ । नेपालका अमृत भट्टराईले एक विकेट लिएका छन् । हिजो युगाण्डासँग २० रनले नेपाल आज दोस्रो खेलमा बर्मुडालाई पराजित गर्दै सुखद नतिजा निकाल्ने योजनामा छ । यसैगरी बर्मुडामा पनि हिजो अमेरिकासँग पराजित भएको थियो । प्रतियोगिता नेपालसहित मलेसिया, बर्मुडा, सिंगापुर, अमेरिका र युगान्डा सहभागी प्रतियोगिताबाट शीर्ष दुई टोली डिभिजन दुईमा प्रवेश गर्नेछन्। शीर्ष दुईले उपाधिका लागि प्रतिस्पर्धा समेत गर्छन्। डिभिजन दुई आगामी जनवरीको तेस्रो साता नामिबियामा हुँदैछ। यो प्रतियोगिताको शीर्ष दुईमा रहन सके नेपालले आईसीसी इन्टर कन्टिनेन्टल कप र एकदिवसीय स्वरूपको पेप्सी आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्नेछ। डिभिजन दुईबाट अगाडि बढ्ने टोलीले अहिलेसम्म यी प्रतियोगिता खेल्ने निश्चित भइसकेको छ।
http://www.ratopati.com
http://www.ratopati.com
कोलकोता— फुटबल खेलका क्रममा गोल गरेपछि उत्साह मनाउने क्रममा एक खेलाडीको मेरुदण्डको हड्डी भाँचिएर मृत्यु भएको छ। मिजोरम प्रिमियर लिगका क्रममा बेथलेहेम फुटबल क्लबका २३ वर्षीय स्ट्राइकर पिटरले आफ्नो टोलीका लागि बराबरी गोल फर्काएपछि उत्साह मनाउने क्रममा ज्यान गुमाएका हुन्।
पिटर मिजोरमको खाजाल कस्बे निवासी थिए। उनको टोली ६२ मिनेटसम्म चानमारी वेस्ट एफसीसँग ०–१ ले पछाडि परेको थियो। सोही समयमा पिटरले गोल गर्दै स्कोरलाई १–१ को बराबरीमा ल्याए। गोल गरेको खुशियाली मनाउने क्रममा जब पिटर ढले दुःखाइका कारण उनी उठ्नै सकेनन्। उनलाई तत्काल आइजोल सिभिल अस्पताल पुर्याटइएको थियो। चिकित्सकले उनलाई त्यहीँ मृत घोषित गरे।
पिटरको टोली खेलमा २–३ ले पराजित भयो।

३ कात्तिक, काठमाडौं । अखिल नेपाल संघ एन्फाका अध्यक्ष गणेश थापाले आफ्नो पद स्थगनको घोषणा गरेका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा पत्रकार सम्मेलन गर्दै थापाले लेखा समितिको निर्णय बमोजिम दुई महिनाका लागि आफूले गर्दै आएको काम स्थगन पद स्थगनको घोषणा गरेका हुन् ।
अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठलाई दिइएको छ । उनले भनेका छन्-एन्फामा गर्ने दैनिक काम स्थगन भएको हो । यो समयमा कुनै न कुनै रुपमा फुटबलमा सहयोग पुर्याउने काम गर्छु ।
आफू थप जवाफ दिन सक्ने अवस्थामा नरहेको भन्दै उनले पत्रकारहरुको प्रश्न लिन अस्वीकार गरेका छन् ।
http://www.onlinekhabar.com

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापासहित तीनजना पदाधिकारीलाई यथाशीघ्र निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाउन व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले दिएको निर्देशन कार्यान्वयन गर्नुको विकल्प नरहेको निष्कर्ष राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निकालेको छ। राखपेका पदाधिकारी र विभागीय प्रमुखबीच आइतबार भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो।
राखेपले सोमबार वा मंगलबार लेखा समिति र मन्त्रालयलाई बोधार्थ दिई एन्फालाई लेखाको निर्देशन कार्यान्वयन गर्न पत्राचार गर्न लागेको जानकारी राखेप स्रोतले दियो। 'हामीले विश्व फुबटल महासंघ (फिफा), एसियाली फुटबल महासंघ (एएफसी) र एन्फाको विधानसँगै राखेप ऐन र लेखा समितिको निर्देशनका बारेमा व्यापक छलफल गर्यौं।
एन्फाले फिफा र एएफसीको नियममा चल्नुपर्ने बाध्यता पनि छ, तर राखेप लेखा समितिको निर्देशनभन्दा बाहिर जान सक्दैन। यो विषयमा एन्फाले पनि गम्भीरतापूर्वक सोच्नुपर्छ', राखेपका सदस्यसचिव युवराल लामाले अन्नपूर्ण पोस्ट्सँग भने।
युवा तथा खेलकुद मन्त्रालयले गत शुक्रबार एन्फाका अध्यक्ष थापासहित तीनजना पदाधिकारीलाई यथाशीघ्र पदबाट निलम्बन गरी अर्को नेतृत्व चयन गर्न राखेपलाई पत्राचार गरेको थियो। यसअघि लेखा समितिले सोमबारमात्र युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मालाई एन्फा अध्यक्ष थापासहित महासचिव धीरेन्द्र प्रधान, कोषाध्यक्ष विराटजंग शाही र एन्फाको निर्माण कार्यमा संलग्न पदाधिकारीलाई तत्काल पदबाट निलम्बन गर्न निर्देशन दिएको थियो।
लेखा समितिको सोही निर्देशन कार्यान्वयन गर्न मन्त्रालयले राखेपलाई पत्राचार गरेको हो। लेखा समितिको निर्देशनलाई एन्फाले भने पालना नगर्ने संकेत दिएको छ। पछिल्लो घटनाक्रमका विषयमा एन्फामा बिहीबारदेखि नै लगातार छलफल जारी छ। एन्फामा विभिन्न विक ल्पका बारेमा आइतबार पनि छलफल भएको थियो।
पछिल्लो घटना क्रमका बारेमा कुनै पनि निर्णय भइनसकेको जानकारी एन्फाका प्रवक्ता एवं उपाध्यक्ष ललितकृष्ण श्रेष्ठले दिए। उनका अनुसार सोमबार पनि यस विषयमा एन्फामा छलफल हुनेछ। लेखा समितिले एन्फामा ५८ करोड १७ लाख रुपैयाँ अनियमितता भएको दाबी गर्दै त्यसबारेमा अनुसन्धान हुनुपर्ने अडान लिँदै आएको छ।
http://annapurnapost.com/News.aspx/story/1130

३० असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापाले एन्फामा भ्रष्टाचारको पुष्टि गर्न चुनौती दिएका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार पत्रकार सम्मेलन गरेर एन्फा अध्यक्ष थापाले ५८ करोड होइन, एक रुपैयाँ अनियमितता भएको प्रमाणित गरेर देखाउनुस्, एक मिनेट पनि बस्दिन ।’
प्रारम्भीक छानविनकै भरमा आफूहरुलाई निलम्बन गर्न भनिएको भन्दै उनले तत्काल छानविन निष्कर्षमा पुर्याउन आग्रह गरे ।
तत्काल छानविन थाले बढीमा सात दिनमा नै निष्कर्ष निकाल्न सक्ने भन्दै उनले भने-‘भोलि नै अख्तियारलाई छानविनका लागि जिम्मा दिएहुन्छ । यो ठाउँमा भ्रष्टाचार छ भन्ने आयो भने म राजीनामा दिन तयार छु ।’ छानविनमा पूर्ण सहयोग गर्ने समेत उनले बताए ।
लेखा समितिको निर्णय आफूहरु मान्ने भएपनि आफूहरु अन्यायमा परेको उनले बताए । उनले भने-‘सार्वभौमसत्ताका नाममा हामीलाई अपमानित गर्ने काम भो । फुटबललाई तहस नहस गर्ने प्रयास भयो ।’
एन्फा अध्यक्ष थापाले अनियमिताको प्रमाणित भए आफूहरुमाथि भ्रष्टाचारको आरोप लगाउने एन्फाका चार पदाधिकारी पनि दोषी हुने बताए । व्यक्तिगत महत्वकांक्षा पूरा गर्न नेपाली फुटबललाई तहसनहस पार्न खोजिएको भन्दै थापाले लेखा समितिमा उजुरी दिने एन्फा पदाधिकारीलाई आजीवन क्षमा नदिने बताए ।
पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठ, महासचिव धिरेन्द्र प्रधान लगायतले आफूहरुले गरेको कमजोरी देखाउन आग्रह गरे ।

हङकङ, आश्विन २९ - अर्जेन्टिनाले हङकङसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ७-० को फराकिलो जित निकालेको छ । विश्वकप उपविजेताले लियोनल मेसी, एन्जेल डि मारिया, निकोलस गाइतान, गोन्जालो हिगुइन लगायतका स्टार खेलाडीहरूलाई मैदानमा उतारेको थियो ।
दर्शकका सर्वाधिक आकर्षण अर्जेन्टिनी टोलीका कप्तान मेसीले दुई सुन्दर गोल गरे । मध्यातरपछि ३० मिनेट खेलेका उनले पाचौं र सातौं गोल गरेका हुन् । मैदान प्रवेश गरेको ६ मिनेटभित्रै उनले एभर बनेगाको वन-टु पासमा पहिलो गोल गरेका थिए ।
हङकङेली गोलकिपर याप हुङ फाईले मेसीको प्रहार रोक्ने कुनै मौकै पाएनन् । रक्षापंक्तिका तीन खेलाडीलाई छलाउँदै गोलपोष्टको बायाँ कुनाबाट जाली चुमेको उनको दोस्रो गोल अझ उत्कृष्ट थियो । हङकङ स्टेडियममा मंगलबार राती आयोजित खेलमा उनले ८४ औं मिनेटमा गरेको सातौं गोल अन्तिम बन्यो ।
चारपटकका फिफा वर्ष खेलाडी मेसी मैदानमा आउनुअघि नै अर्जेन्टिना ४ गोलले अघि थियो । लगातारको दर्शक हुटिङपछि अर्जेन्टिनी कोच जेरारडो मार्टिनोले उनलाई मैदान प्रवेश गराएका थिए । मेसीलाई त्यहाँ उपस्थिती २० हजार बढी दर्शकले एकैपटक ताली र हुटिङले स्वागत गरे । विश्वकपमा जर्मनीसँग १-० ले पराजित भएपनि मेसी उत्कृट खेलाडीका लागि गोल्डन बुटबाट सम्मानित भएका थिए ।
अर्जेन्टिनी राष्ट्रिय टोलीले हङकङमा खेलेको यो पहिलोपटक हो । मैत्रीपूर्ण उक्त खेलमा गोन्जालो हिगुइन र गाइतानले समेत २-२ गोल गरे । अर्जेन्टिनाले १९ औं मिनेटमा मिडफिल्डर एभर बनेगाको गोलबाट अग्रता लिएको थियो ।
४२ औं मिनेटमा हिगुइनले हेडमार्फत दोस्रो गोल थपे । मध्यान्तरअघिको तीन मिनेट अन्तरमा अर्जेन्टिनाले दुई गोल गरेको थियो । फिफा बरियतामा १६४ औं स्थानमा रहेको हङकङ दोस्रो बरियताको अर्जेटिन्टनासँग खेल अवधिभर निरीह देखियो । हङकङले गोलका केही अवसर निकालेपनि सशक्त थिएनन् । हङकङेली खेलाडी गडफ्रेड कारीकारीले अर्जेन्टिनाका केही राम्रा प्रहारलाई जाली चुम्नबाट रोके । गत शनिबार बेइजिङमा आयोजित खेलमा अर्जेन्टिना ब्राजिलसँग २-० गोल अन्तरले हारेको थियो । हङकङको जितले भने टोलीलाई राहत दिएको छ ।
मेसी ब्राजिलसँगको खेलमा पेनाल्टी प्रहारबाट चुकेका थिए । यसैवर्ष रियल म्याडि्रड बाट म्यानचेष्टर युनाइटेड सरेका डि मारिया अन्तिमसमयमा मैदान छिरेका थिए । म्यान्चेस्टरसँग मारियाले गरेको ५९.७ मिलियन युरोको सम्झौता अहिलेसम्मकै बि्रटिस किर्तिमानी रकम हो ।
हङकङ फुटबल एसोसियसनको शतबाषिर्कीका अवसरमा उक्त मैत्रीपूर्ण खेल आयोजित थियो । सन् १९१४ मा स्थापित एसोसियसन एसियाकै पुरानो फुटबल संघ मध्येको हो । अर्जेन्टिनी टोलीलाई हङकङ निम्त्याउन एसोसियनसनले पारिश्रमिक वापत ३ करोड हङकङ डलर (करिब ३७ करोड ९० लाख रुपैयाँ) तिरेको थियो ।
हार निश्चितजस्तै थियो । तर विश्वकप उपविजेता अर्जेन्टिनालाई साहसपूर्वक सुरुको १९ मिनेट रोक्न सक्नुलाई पनि हङकङले सफलता मानेको छ । 'दुई टिम बीचको भिन्नता स्पष्ट थियो तर हङकङ टिमले देखाएको उत्साहलाई प्रशंसा गर्नुपर्छ', खेलपछिको पत्रकार सम्मेलनमा अर्जेन्टिनी कोच मार्टिनोले भने ।

बेलग्रेड : दुवै टोली गोलका लागि प्रयास गरिरहेका थिए, खेल भने गोलरहित थियो। यसैबीच एकाएक मानवरहित विमान मैदानमा खस्यो।
विमानमा झन्डा झुन्डिएको थियो। एक खेलाडीले झन्डा ताने, विपक्षी टोलीका खेलाडी उनीमाथि जाई लागे। त्यसपछि दर्शकदीर्घले विपक्षी टोलीका खेलाडीलाई प्रहार गरे।
रंगशालाको स्थिती अस्तब्यस्त बन्यो, अन्तत: रेफ्रीले खेल रद्धको निर्णय लिनुपर्ने अवस्था बन्यो। युरोकप २०१६ को छनोट अन्तर्गत बुधबार राती सर्बिया र अल्बानियाबीच देखिएको यो दृश्य हो।
पहिलो हाफको अन्त्यतिर अल्बानियाको झन्डा बोकेर खेल भइरहेको मैदानमा अवतरण भएको ड्रोनले स्थिति तनावपुर्ण बनायो। सर्बियाको बेलग्रेडमा भएको खेलमा घरेलु टोलीका खेलाडी अलेक्जान्डर मित्रोभिचले झन्डा तानेपछि दुई टोलीका खेलाडी र अफिसियल भिडन्तमा उत्रिएका थिए।
घरेलु दर्शकको मात्र उपस्थिती रहेको रंगशालामा त्यसपछि प्यारापिटका कुर्सीहरु भाँचेर अल्बानियाका खेलाडीमाथि प्रहार भए। मैदानमै उत्रिएर पनि दर्शकले अल्बानियन खेलाडीसँग झगडा गरे।
रंगशालामा नेटोको झन्डा जलाइयो, घरेलु दर्शकले प्रहरीसँगै झगडा गरेर आक्रोस व्यक्त गरे। पछि, घरेलु खेलाडीको सहयोगमा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लियो। सर्बिया र अल्बानियाबीच जारी राजनीतिक तनावको असर यो घटनामा देखिएको थियो।

युरो कप छनोट फुटबलमा डिफेण्डिङ च्याम्पियन स्पेनले लक्जम्बर्गलाई पराजित गरेको छ ।
अघिल्लो खेलमा स्लोभाकियासँग अप्रत्यासित हार व्यहोरेको स्पेनले आइतबार राति लक्जम्बर्गलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
खेलको २६ औं मिनेटमा डेभिड सिल्भाको गोलबाट अग्रता लिएको थियो । ४२ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा २–० को अग्रता लियो ।
पहिलो हाफमा गोलको राम्रो मौका खेल फालेका डिएगो कोष्टा दोस्रो हाफमा गोल गर्न सफल भए । ६९ औं मिनेटमा उनले गोल गरे । स्पेनका लागि उनको यो पहिलो गोल हो । स्पेनबाट फुटबल खेलेको ५१५ मिनेटमा उनले पहिलो गोल गरेका हुन् ।
खेलको ८८ औं मिनेटमा बार्नेटले गोल गरेपछि स्पेनको ४–० को जित सुनिश्चित भयो ।

बन्द प्रशिक्षणका क्रममा मदिरा सेवन गरी अभद्र व्यवहार गर्ने २ जना महिला राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर कारबाहीमा परेका छन् ।
केही समयअघि मदिरा खाएर आफै बसेको सुन्धारास्थित होटल तोडफोड गरेको भन्दै क्यानले नेपाली महिला क्रिकेटर नेरी थापा र सोनु खड्कालाई ६ महिनाको प्रतिवन्ध लगाएको हो ।
नेपालका तर्फबाट पहिलो पटक शतक प्रहार गर्ने नेरी सफल महिला क्रिकेटर हुन् । शनिबार बसेको क्यानको बोर्ड बैठकले दुवैजनालाई प्रतिबन्ध लगाएको हो ।
उनीहरुले दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं एसियाली खेलकुद (एसियाड) मा जानुअघि यस्तो गतिविधि गरेका थिए ।
उनीहरुलाई टिम प्रशिक्षक र म्यानेजरको रिपोर्ट र स्पष्टिकरणका आधारमा कारबाही गरिएको क्यान स्रोतले जनाएको छ ।

२२ असोज, काठमाडौं । इन्चोन एसियाडमा नेपाललाई एक मात्र पदक दिलाउने करातेकी विमला तामाङलाई दक्षिण कोरिया पठाउन पैसा नभएपछि उनका गुरुले मोटरसाइकल धेरौटी राख्नु परेको खुलेको छ ।
गुरु ध्रुवविक्रम मल्लले आफूले चढ्दै आएको मोटरसाइकल धरौटी राखेर विमला र अनुपमा मगरलाई कोरिया पठाएको पाइएको छ । ‘अन्तिम समयमा पैसा पुगेन र मोटरसाइकल वर्कसपमा राखेर पैसा लिए’ मल्लले अनलाइनखबरसँग भनेका छन् ।
उनका अनुसार दुई खेलाडी र एक प्रशिक्षकलाई कोरिया पठाउने क्रममा तीन लाख खर्च भएको छ । तर, एक लाख पैसा अपुग भएपछि मोटरसाइकल नै धरौटी राख्नु परेको उनले बताएका छन् ।
उनका अनुसार विश्व कराते महासंघले स्वीकृत गरेको खेलाडीको ड्रेस, प्याड, चेस्टगार्ड लगायतका लागि एक खेलाडीलाई ६० हजार लाग्छ । दुई खेलाडीको ड्रेसमा गरी १ लाख २० हजार खर्च भएको छ भने हवाइ टिकट लगायतको खर्च पनि उनले नै व्यहोरेका छन् । ‘राखेप भनेको राज्य हो । तर, हाम्रा खेलाडीहरुलाई कुनै सहयोग गरेको छैन’ प्रशिक्षक मल्लले भने ।
आफू अन्तराष्ट्रिय मान्यता प्राप्त कराते संघमा आवद्ध भएकै कारण राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सहयोग नगरेको उनको आरोप थियो ।
राज्यको ढुकुटीबाट खेल्न गएका खेलाडीले भन्दा दुःखका साथ खेल्न गएकी खेलाडीले देशको लागि पदक जित्न सफल भएको उनले बताए । मल्लले भने-‘विमलाको सफलताले खुशी नै दिलाएको छ । एउटा गुरुको लागि यो भन्दा ठूलो खुशी नै अरु के नै हुन्छ र ?’

सफलताको श्रेय गुरुलाई
इन्चोनमा नेपाललाई पदक दिलाए विमलाले पनि आफ्नो सफलताको श्रेय आफ्नो गुरुलाई दिएकी छन् ।
बुधबार दामन पाख्रिन स्मृति प्रतिष्ठानले बिमलालाई नगद ३५ हजारसहित सम्मान गरेको छ । सम्मानपछि विमलाले भनिन्-‘म आज जुन ठाउँमा छु, यो सबै गुरुको कारण हो । उहाँले मलाई सँधै हौसला दिनुभयो । उहाँको सहयोग, प्रेरणा र हौसलाले मलाई आत्मविश्वासी बनायो ।’
सरकार र राष्ट्रिय खेलकुद परिषद्ले सहयोग गरेको भए आफू फाइनलसम्म पुग्ने उनको विश्वास थियो । उनले भनिन्-‘यो पटक म कांस्य पदक लिएर घर फर्केको छु, अर्को पटक स्वर्णपदक लिएर आउनेछु । त्यसको लागि म अहिले दैनिक अभ्यास गरिरहेको छु ।’
धादिङ सेम्जुङ-४ की १८ वर्षीया विमलाले करातेको एकल कातामा कांस्य जितेकी थिइन्, जुन इन्चोनमा नेपालले जितेको यो एक मात्र पदक हो ।
- See more at: http://www.onlinekhabar.com/2014/10/194730/#sthash.tIYzd2HX.FSeOVKl1.dpuf
एजेन्सी । पोर्चुगल राष्ट्रिय टोलीका स्ट्राइकर एवं रियाल मेड्रिडका स्टार क्रिष्टियानो रोनाल्डो यतिबेला विश्वभरी चर्चामा छन् । पछिल्लो खेलमा उनले लगातार ३ वटा ह्याट्रिक गरेपछि उनको चर्चा चुलिएको हो । एथलर्टिक क्लव बिल्बाओलाई ५-० ले हराउँदै रोनाल्डोले ३ गोल गरे । यो जितपछि कृतिमानी ह्याट्रिकको उत्सव उनले प्रेमिका इरिना शायकसँग डिनर पार्टी गरेर मनाएका छन् । खेल भैरहेको समयमा पनि प्रेमिका इरिना रंगशालामै रमाइरहेकी थिइन् । रियाल मैड्रिडले स्पेनिश प्रीमियर लीगका खेलमा एथलेटिक क्लब बिल्बाओलाई ५ शून्यले हराउँदा रोनाल्डोले ५ खेलमा तेश्रो ह्याट्रिक गर्न सफल भए । अहिले सम्म रोनाल्डोले २२ ह्याट्रिक गरिसकेका छन् । यस अघि यो कीर्तिमान संयुक्त रूपमा एलफ्रेडो डि स्टेफेनो र टेल्मो जाराको नाममा थियो । -
काठमाडौंं । दक्षिण कोरियाको इन्चोनमा जारी १७ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा नेपाल पदकविहीन हुनबाट जोगिएको छ ।
बिहीबार बिहान नेपालले करातेतर्फ महिला एकल कांतामा सफलता हात पारेको हो । नेपालका लागि विमला तामाङमा कास्य पदक जितेकी हुन् ।
इन्चोन एसियाडमा नेपालले २५ खेलमा सहभागिता जनाएपनि अहिलेसम्म पदक जित्न सकेको थिएन ।
पदकको आशा गरिएको पुरुष क्रिकेटमा पनि नेपाल बुधबार अफगानिस्तानसँग ८ रनले पराजित भएको थियो ।
यसअघि, महिला क्रिकेट, पुरुष फुटबल, बक्सिङ, पौडीलगायतका खेल नेपालका लागि सहभागितामा नै सीमित भएका थिए ।
- See more at: http://www.nepalsandesh.com/2014/10/02/105594#sthash.n5aqGFRi.zsfEQ9Z6.dpuf
काठमाडौं, आश्विन १६ । युएफा च्याम्पियन्स लिग फुटबलअन्तर्गत् गएरातिका खेलहरुमा आर्सनल, रियाल मड्रिड र बोरुसिया डर्टमन्ड विजयी भएका छन् । इंग्लिस क्लब आर्सनलले टर्कीको गालातासारेलाई ४–१ ले हरायो ।
आर्सनलका लागि ड्यानी वेल्बेकले ह्याट्रिक गरे भने अलेक्सिस सान्चेजले एक गोल थपे ।
गएराति स्पेनिस क्लव रियाल मड्रिडले बुल्गेरियाकोलुदोगोरेट्स राज्गार्डलाई २–१ ले हरायो । रियाल मड्रिडलाई विजयी गराउन क्रिश्चियानो रोनाल्डोले पेनाल्टीमार्फत् एक गोल गरे भने करिम बेन्जमाले एक गोल थपे । रोनाल्डोले पेनाल्टी हान्ने पहिलो अवसर भने खेर फालेका थिए ।
च्याम्पियन्स लिगअन्तर्गतकै अन्य खेलहरुमा जर्मन क्लब बोरुसिया डर्टमन्डले बेल्जियमको एन्डरलेच्टलाई ३–० ले हराउँदा अर्को जर्मन क्लब बायर लिभरकुजेनले पोर्चुगलको बेनिफिकालाई ३–१ ले हरायो ।
यसैगरी, स्पेनको एथ्लेटिको मड्रिडले इटालीको युभेन्टसलाई १–० ले, स्वीडेनको माल्मोले ग्रीसको ओलम्पियाकोसलाई २–० ले तथा स्वीट्जरल्यान्डको एफसी बाजलले इंग्ल्यान्डको लिभरपुललाई १–० ले हराएका छन् ।
यसैगरी, रुसको जेनिथ र फ्रान्सको मोनाकोले गोलरहित बराबरी खेलेका छन् ।