पश्चिमी मुलुक जिहादीको अर्को लक्ष्य हुने साउदी नरेशको चेतावनी

साउदी अरेबियाका नरेश अब्दुल्लाहले सिरिया तथा इराकमा व्यापक रूपमा विस्तार भइरहेको जिहादीलाई रोक्न द्रुत कारवाही नगरिए पश्चिमी मुलुक उनीहरूको अर्को लक्ष्य हुने बताएका छन । उहाँले जिहादीलाई ध्यान नदिए एक महिनामा उनीहरू युरोप पुग्ने तथा अर्को महिनामा अमेरिका पुग्ने बताउनुभयो भनी अस्रक अल–अवसात दैनिक पत्रिका तथा साउदी अरेबियाले सहयोग गरेको अल–अरेबियाKingAbdullah  टेलिभिजनले उल्लेख गरेका छन् । उहाँले साउदी अरेबियाका सहयोगी अमेरिकाका नयाँ दूत साथमा अन्य राजदूतलाई स्वागत गर्ने एक समारोहमा आतङ्कवादको कुनै सीमा नभएको र यसले मध्यपूर्वबाहिर अनेकौँ मुलुकलाई प्रभावित बनाउनसक्ने बताउनुभयो भनी ती आमसञ्चारले उल्लेख गरेको छन् । सिरिया तथा इराकमा आफ्नो क्षेत्र विस्तार गरी इस्लामिक स्टेटका जिहादी समूहले यस क्षेत्रमा त्रास फैलाएको छ । उसले त्यहाँ सयौँ व्यक्तिको घाँटी काटी हत्या गरेको छ भने आमहत्याका निकै घटना गराएको छ । यस्तो अवस्थामा कुनै पनि कारवाही गर्न नसक्नु अस्वीकार्य हुने नरेश अब्दुल्लाहले बताए । उनले अमेरिकी दूतलाई जिहादीले के गरे र के गर्नेछन् भन्ने कुरा गोप्य नभएकाले यस विषयमा आफ्ना नेतृत्वलाई सन्देश पु-याउन आग्रह गरे । उनले आतङ्कवादीमाथि शक्ति, कारण र आवश्यक गति लिएर कारवाही गर्न आग्रह गरेका छन । रासस,एएफपी 

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.