अब सित्तैमा भाइबरबाट भिडियो कल गर्न सकिने

viberएजेन्सी । मोबाइल म्यासेजिङ एप भाइबर प्रयोगकर्ताका लागि खुसीको खबर आएको छ । भाइबरका प्रयोगकर्ताले अब भिडियो कल समेत निशुल्क गर्न पाउने भएका छन् ।
एन्ड्रोइड र आइओएस प्रयोगकर्ताले अब भाइबर ५.० डाउनलोड गरी सित्तैमा भिडियो कलिङ गर्न सक्नेछन् । यो सेवा पछिल्लो समय निकै लोकप्रिय बन्दै गएको छ ।
आइओएसबाट एन्ड्रोइडमा र एन्ड्रोइडबाट आइओएसमा पनि भिडियो कल गर्न सकिनेछ भने कम्प्युटरमा भाइबर प्रयोग गर्नेलाई पनि भिडियो म्यासेज पठाउन सकिनेछ ।
यस्तै आइओएसमा फोटो म्यासेज पठाउने सुविधामा सुधार गरेको छ । विश्वभर ४० करोडभन्दा बढि प्रयोगकर्ता भएको एन्ड्रोइडतर्फ भाइबरको डिजाइन समेत परिवर्तन गरेको छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.